logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    उद्योगीको रोजाईमा प्रदेश ५ ः मोतिपुर औद्योगिक क्षेत्र र भैरहवा परासी करिडोर


    १२ साउन २०७५ , शनिबार

    उद्योगीको रोजाईमा प्रदेश ५ ः मोतिपुर औद्योगिक क्षेत्र र भैरहवा परासी करिडोर

    नरेश के.सी.
    भैरहवा, साउन । सरकारले एक जिल्ला एक औद्योगिक क्षेत्र नीति अनुसार रुपन्देहीमा नया छनौट भएको मोतिपुर औद्योगिक क्षेत्रमा उद्योग सन्चालन हुने भएपछि उद्योगी व्यवसायीमा उत्साह थपिएको छ ।
    सरकारले औद्योगिक विकासकोलागी नयां नीति अनुसार नया उद्योग क्षेत्र पहिचान गरी देशैभरका रुपन्देही, झापा, चितवन, सुर्खेत, कन्चनपुर र कास्कीमा नयां उद्योगकोलागी आशयपत्र सहित उक्त कार्यका थालनी गरेका थियो ।
    यसैबीच सरकारले सरकारले रुपन्देहीको मोतीपुर, बाकेको नौवस्ता सहितका औद्योगिक क्षेत्रमा उद्योग राख्न चाहने इच्छुक उद्योगिहरुलाई एक महिना भित्र आशय पत्र पेश गर्न आग्रह गरेको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले असार २० गते सुचना प्रकाशित गरी एक महिना भित्र इच्छुक उद्योगिहरुलाई लिमिटेड मातहतका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय मार्फत वा सोझै इमेल मार्फत आशय पत्र पेश गर्न उद्योगिलाई समय दिएको औद्योगिक क्षेत्र व्यवस्थापनका सम्पर्क व्यक्ति अमृत शाहीले बताए । उनले भने, ‘हामीले सोझै वा ईमेल मार्फत आशय पत्र पेश गर्न भनेका छौं । यो दस दिनमा धेरै उद्योगीहरु सम्पर्कमा आइसक्नुभएको छ । यसले हामीलाई झनै उत्साहित बनाएको छ । ‘
    मोतिपुर सहित केही औद्योगिक क्षेत्रको बिस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । रुपन्देहीमा निजी क्षेत्रका संघसंस्थाले नै आशय पत्र संकलन कार्यमा उद्योगीहरुलाई सघाईरहेका छन् । जिल्लाको रुपन्देहीमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, घरेलु तथा साना उद्योग महासंघ लगायतका सस्थाले पनि इच्छुक उद्योगिका आशय पत्र संकलन गर्ने गरेका छन । उद्योग वाणिज्य संघ र उद्योग संघले छुट्टाछुट्टै सुचना निकाली उद्योगिहरुलाई उद्योग स्थापनाका लागि आशय पत्र पेश गर्न आग्रह गरेका छन ।
    ‘हामी उद्योगी व्यवसायीकै लागी संगठीत भएको संस्था भएकोले उद्योगीहरुको लागी नै कार्य गरेका हौं । अहिले सम्म दुई सय भन्दा बढीले आशय पत्र लगी सक्नु भएको छ २० जना भन्दा बढीले बुझाउनु भएको छ ।’ रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले भने । अधिकारीले अगाडी भने, ‘नया औद्योगिक क्षेत्रले उद्योगीमा उत्साहको तरंग नै सृजना गरेको छ । ’
    यसैगरी बुटवल उद्योग वाणिज्य संघबाट पनि उत्साहजनक रुपमा आशयपत्रहरु बितरण भईरहेको संघका अध्यक्ष खिम बहादुर हमालले बताए ।
    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक तथा कार्यकारी अध्यक्ष नन्द किशोर बस्नेतले देशैभरका अन्य औद्योगिक क्षेत्र भन्दा मोतिपुर औद्योगिक क्षेत्रमा उद्योग राख्नकोलागी उद्योगीहरुले बढी चासो दिएर सम्पर्कमा आईरहेको बताए ।
    मोतिपुर औद्योगिक क्षेत्रमा एउटा ४ लेनको सडक र दुई वटा दुई लेनको सडक सहितको ग्रीनरी कायम गर्नेगरी तयारी थालिएको छ । ३० मेघावाट बिद्युत, २० लाख लिटर क्षमताको खानेपानी ट्यांकी सहित आधुनिक औद्योगिक क्षेत्रका लागि आवश्यक पुर्वाधार तयार समेत मोतिपुर औद्योगिक क्षेत्रले बताएको छ । बिस्तृत अध्ययन प्रतिवेदनले मोतिपुरमा खाद्यान्न, डेरी, आयुर्वेदीक औषधि, सोलार, मेटल, फर्निचर, आईटी सफ्टवेयर, केवल तथा टान्सफर्मर, प्याकेजिगं उद्योगको सम्भावना बढी रहेको देखाएको छ ।

    औद्योगिक क्षेत्रको बिस्तृत अध्ययन प्रतिवेदनले औद्योगिक क्षेत्र भित्र आवश्यक सबै भोतिक पुर्वाधार तयार गर्दा प्रतिहेक्टर साढे २ करोड रुपैया लगानी लाग्ने देखाएको हो । प्रतिवेदनमा ५ सय ५० दशमलव ४९ हेक्टर क्षेत्रफल देखिएको मोतिपुरमा सडक, ढल निकास,बगैचा, बिद्युत, पानी, प्रशासनिक भवन लगायतका क्षेत्रलाई छुट्याएर २ सय ६२ उद्योग राख्न सकिने उल्लेख छ ।

    मोतिपुर र भैरहवा परासी करिडोरमा आकर्षण

    २०६० सालदेखि नै बुटवलमा नयाँ औद्योगिक क्षेत्रको माग बढ्न थालेको थियो । तर यहि असारमा उद्योग स्थापनाकोलागी आशयपत्र माग गरिएसंगै १५ बर्ष अगाडीदेखिको निजी क्षेत्रको माग सम्बोधन भएको उद्योगी एजाज आलमले बताए । उनले भने, ‘नयां औद्योगिक क्षेत्रको प्रस्ताव सहित आशय पत्र समेत मागिएकोले उद्योगीहरुमा खुसी छाएको छ । ’
    बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिक, सियारी र शुद्धोधन गाउँपालिकाको भूगोलमा स्थापना हुने मोतिपुर औद्योगिक क्षेत्र २०४२ सालमा स्थापना भएको बुटवल औद्योगिक क्षेत्र पछिको व्यवस्थीत औद्योगिक क्षेत्र हुनेछ । उद्यपी लुम्बिनी करिडोर र भैरहवा परासी करिडोरमा पनि उद्योगहरु धमाधम स्थापना भईंरहेको भएता पनि व्यवस्थीत हुन सकेको अवस्था छैन । भैरहवा लुम्बिनी सडकखण्डका उद्योगलाई लुम्बिनीको कारण देखाउदैं अन्यत्र स्थानान्तरण गर्ने सरकारी निर्णयले उक्त क्षेत्रमा नया उद्योग स्थापना ठप्प जस्तै भएको छ भने सन्चालीत उद्योग पनि अन्यौलमा छन् ।
    सरकारले कम्तिमा एक लाखलाई प्रत्यक्ष रोजगारी दिने उद्धेश्यले सन्चालन गर्न लागेको औद्योगि क्षेत्र मध्ये मोतिपुर औद्योगिक क्षेत्रमा केही जग्गा विवाद देखिएता पनि समग्रतामा अन्य नया औद्योगिक क्षेत्र भन्दा धेरै उद्योगी व्यवसायीको रोजाईमा पर्ने देखिएको छ । त्यसको मूलभूत कारण औद्योगिक उत्पादनको बजारीकरणमा सहजता र कच्चा पदार्थ आयत गर्दा भन्सार नाका नजिक मुख्य देखिएको छ ।
    भैरहवा परासी सडक खन्डमा पनि अहिले धमाधम उद्योगहरु स्थापना भईरहेका छन् । सडकको सहजता र भन्सार नाकाको सुगमताको कारण नै यस क्षेत्रमा नया उद्योगहरु स्थापना भईरहेको उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवालले बताए । उनले भने, ‘लुम्बिनी करिडोरमा समस्या छ । सहजता र सुगमताले हिसाबले अब भैरहवा परासी र मोतिपुर औद्योगिक क्षेत्र नै मुख्य हुन् । हामीहरुलाई नेपालगन्ज अपयाक पर्छ ।’
    प्रदेश ५ मा घरेलु, साना तथा लघु उद्योगको ४८ हजार १ सय ७१ रहेको छ । नया औद्योगिक ग्रामसंगै यो संख्या हवात्तै बढेर जाने देखिएको छ । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी उद्योग रुपन्देहीमा छन् । रुपन्देहीमा १२ हजार ६२४ साना, ३७५ घरेलु र २२१ लघु उद्योग छन् ।
    प्रदेश सरकारले नेपालगञ्जलाई औद्योगिक राजधानी बनाउने गरी औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने तथा भैरहवादेखि परासीसम्म र कपिलवस्तुको चन्द्रौटा–कृष्णनगरलाई औद्योगिक करिडोर र दाङ उपत्यकामा पनि औद्योगिक क्षेत्र निर्माणका लागि प्रकृया शुरु गरेको छ । दाङमा औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको प्रदेश सरकारले बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.