logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भन्सारमा कडाई नहुदां स्वदेशी उद्योग मर्कामा


    १७ साउन २०७५ , बिहिबार

    भन्सारमा कडाई नहुदां स्वदेशी उद्योग मर्कामा

    नरेश के.सी.
    भैरहवा, साउन १८ । भारत तथा चिनबाट कम गुणस्तरका धारा पाइप लगायत बाथरुमका सामग्री नेपाली बजारमा भन्सार छली भित्रीदा उपभोक्ता मात्रै होइन स्वदेशी उद्योग समेत मर्कामा परेका छन् ।
    करोडौं रुपैया लागतमा स्थापना भएका उद्योगले उत्पादन गर्ने सामग्री गुणस्तरीय र वर्षौको वारेन्टी समेत दिदा गुणस्तरहिन तर सस्तो मूल्यका सामग्रीसंग बजारमा प्रतिसपर्धा गर्न मुश्किल पर्ने गरेको छ । बजारमा उपभोक्ताले गुणस्तरीयता भन्दा मूल्य दाजेंर हेर्ने नेपाली प्रचलनका कारण आफ्नो उत्पादनको विक्री वितरणमा केही समस्या आएको स्वदेशी उद्योगीहरु बताउंछन् ।
    विक्रम सम्बत २०६९ सालमा स्थापना भई ०७१ सालदेखी व्यवसायीक कारोबार गर्दै आएको रुपन्देहीको ओमसतिया गाउपालिका तरकुल्लाहमा रहेको लिसरा सेनेटरी इन्डस्ट्रीजले ७ वर्षको वारेन्टी दिएर बजारमा आफ्ना उत्पादन पठाउदा समेत उपभोक्ताले विदेशी उत्पादन नै खोजेको प्रति सो उद्योगका निर्देशक लालबहादुर थापाले चिन्ता व्यक्त गरे । थापाले भने ‘हामीले अत्यन्तै राम्रो गुणस्तरको बाथरुम फीटिंगको समान नेपाली बजारमा पठाईरहेका छौं तथापी अझै उपभोक्ताले विदेशी सामग्री नै प्रयोग गरिरहेका छन् । तर पनि हामी विस्तारै विश्वास जितिरहेका छौं । ’
    थापाको अनुभवमा नेपाली उपभोक्तामा विदेशी समान जत्ति सस्तो भएपनि राम्रो हुन्छ भन्ने गलत धारणा रहेको बताए । उनले भने ‘धेरैजसो नेपाली उपभोक्ता मूल्य सस्तो हेर्छन । खरिद गरिसकेपछिको रिस्क हेर्दैनन् । ’
    कूल अढाई करोड लागतमा उद्योग सन्चालन गरेका थापाले ३१ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने देशभरी ७१ वटा सबडिलर रहेका छन् । कच्चा पर्दाको समस्याले गर्दा ठूलो भोलुममा उत्पादन गर्न मुश्किल भएको थापा बताउंछन् । पित्तल, निक्कल, रबर वासर र स्पेन्डर प्रयोग हुने गरेकोमा उक्त कच्चा पर्दाथ अहिले सम्म विरगन्ज , काठमाण्डौंबाट आयत गरिरहेको उनले बताए । वर्षेनी करिब अढाई करोड मूल्यको कच्चा पदार्थ मात्रै उनको उद्योगले खरिद गरिरहेको छ ।
    नेपालमा रहेका ६ वटा उद्योगका उत्पादनले नेपालको कुल बजारको जम्मा ५ प्रतिशत मात्रै बजार ओगटेको उनको ठम्माई छ । उनी भन्छन्, ‘भन्सारमा कडाई गरिदिने हो भने नेपाली उत्पादनले राम्रो स्थान पाउने थिए । अझै २५ उद्योग थपीए पनि राम्रैेसंगै चल्थे । ’
    भारतबाट नेपालमा भित्रीने ब्रान्डेड कम्पनिका सामग्रीले खासै असर नपारेका बरु बिना नामका धाराहरु नेपालमा भित्रीदा समस्या भएको नेपाली उद्योगीको बुझाई छ ।
    नेपाली बजारमा भारतका ज्याकर, हिन्दवेयर, सेरा, सोमानी, आर्क र चीन , जर्मन तथा अमेरिकाबाट समेत बाथरुम फिटिंग्सका सामाग्री आउने गर्दछन् । भारतले जिएसटी लागु गरेपछि गैरकानुनी ढंगले नेपाल भित्रिने सामग्रीमा केही कमि भने आएको छ । नेपाली बजारमा बाथरुम फिटिंगको सामग्रीको अध्ययन अनुगमन नहुदां उपभोक्ताले सस्तो मूल्यका सामग्री प्रयोग गरेको तर ती सामग्रीको गुणस्तरीयता अत्यन्तै कमसल भएको देखिन्छ । सरकारी मापदण्ड पनि नहुदां सहि ढंगले काम गर्ने उद्योगीहरु मर्कामा पर्ने गरेका छन् । नेपालकै कतिपय उद्योगहरुले चिन तथा भारतबाट तयारी सामग्री ल्याई उद्योगको नाम मात्रै राखेर बेच्ने गरेको पनि बुझिएको छ । जसले गर्दा करोडौं मूल्य खर्चेर उद्योग सन्चालन गरेका उद्योगी मर्कामा परेका छन् । केही नेपालमा सन्चालित उद्योगहरु भारतमा सन्चालित उद्योग संग नाम मिल्दाजुल्दा हुदां झनै ठगीधन्दा चलाउनेलाई सहज भएको छ ।
    नेपालमा अहिले सम्म ६ वटा बाथरुम फिटिंग्सका उत्पादन गर्ने उद्योग छन् । नेपालगन्जमा ट्याब्स, दांगमा एप्रो, धरानमा मेटल उद्योगले आफ्ना उत्पादन नेपाली बजारमा पठाईरहेका छन् । यसैगरी रुपन्देहीमा ज्याकर इन्डस्ट्रीज मणीग्राम, लिसारा सेनेटरी इन्डस्ट्रीज तरकुल्लाह र एभरेष्ट बाथ फीटिंग्स गोरकट्टा रहेका छन् । सीमावर्ति क्षेत्रमा तस्करहरुले स्थानीय हार्डवेयर व्यापारीसंग मिली बाथरुम फिटिंग्सका सामग्री भित्राउदैं आएका छन् ।

    चीनि उद्योगदेखि कापी उद्योग सम्म मारमा

    विगतको केही बर्ष अगाडी भन्सार छली गरेर अबैध सामग्री नेपाल भित्रीएको विषयमा व्यपाक जनगुनासो आएपछि भन्सार विभागले संक्षिप्त प्रज्ञापन पत्रमा कडाई गरेको थियो । जसले गर्दा केही प्रतिशत भएपनि अबैध कारोबार रोकिएको थियो तर पछिल्लो समय संक्षिप्त प्रज्ञापनपत्रलाई पनि भन्सारले चासो दिन छाडेको छ । जसले गर्दा पोके व्यपारीहरुले दैनिक २ सय किलो सम्म चिनी नेपाल भित्राईरहेका छन् । किलोमा १५ रुपैयादेखि २५ रुपैया सम्म भारतमा सस्तो मूल्यमा पाईने चिनीकोलागी नेपाली व्यपारीहरुले नै अपांग, महिला तथा केटाकेटिलाई क्यारीयरको रुपमा प्रयोग गर्ने गरेका छन् । यसैगरी साईकलमा भारतीय कापी तथा स्टेशनरीका समान समेत नेपाल भित्रीरहने गर्दछ । यतिमात्र होइन गल्लामन्डीमा रहेका अधिकांश गल्लाले भारतीय चामल केही भन्सार त केही चोरीबाटोबाट आयत गर्दा स्वदेशी उद्योग मारमा परेका छन् ।
    सिद्धीबिनायक एग्रो इन्डस्ट्रीज धकधईका सन्चालक राम थापाले गल्ला व्यपारीले नै भारतीय चामल खरिदमा बढी चासो दिने हुदां स्वदेशी उत्पादनको परिणाम उल्लेख्खय बृद्धि गर्न नसकेको बताए । उनले भने, ‘हामी करोडौं लगानी गरेर उद्योग सन्चालन गरेका छौं तर व्यपारी साथीहरले भारतीय चामल खरिदमा बढी अग्रसरता दिनुहुन्छ । भारतमा प्रतिबोरा चामल नेपालमा भन्दा ४ सय देखी साढे ५ सय सम्म सस्तो पर्ने हुदा यो समस्या आएको हो । ’
    भारत सरकारले धानको विऊदेखि, मलखाद सम्म अनुदान दिने र धानको मूल्य पनि आफै नियन्त्रण गर्ने हुदां त्यहाको चामल सस्तो पर्ने गरेको हो । यता भारतीय कच्चा पदार्थमै निर्भर रहेको कापी उद्योगहरु पनि खुल्ला सीमाको कारण धरासायी जस्तै भएका छन् । आकाश कापी उद्योग रुपन्देहीका सन्चालक बासु पौडेलका अनुसार साईकल, हवीलचेयर वालाहरुले दैनिक दर्जनौं कापी ल्याउदा समेत प्रशासन बेखबर हुदा स्वदेशी कापीहरुको बिक्री वितरणमा ठप्प भएको छ ।
    बर्षौदेखि बैंकरोड भैरहवामा कपडा पसल गर्दै आएका सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका ओमकार गौचनले सुनौली नौतनवामा बसेका व्यपारीले नेपाली चेलीहरुलाई चिसो र चिया खुवाएर ठग्ने गरेको बताए । उनले भने, ‘बोर्डर क्षेत्रमा पाईने समान एकातिर गुणस्तरीयता हुन्न भने अर्कोतिर मूल्य पनि थरीथरीको हुन्छ । हाम्रा चेलीबेटि कुर्ता, सुरुवाल, साडी सस्तो पाईन्छ भनेर जानु हुन्छ । उहांहरुलाई ब्रान्डेड भन्दा कम गुणस्तरको समान सस्तो मूल्यमा दिईन्छ त कतिपय ठाउमा भैरहवा बुटवल भन्दा महंगोमा बेचिन्छ । ’
    गौचनले केही महिना पहिला एकजना भैरहवाकै चेली साडीको फल्स किन्न आएको घटना सुनाउदैं भने , ‘उहां फल्स किन्न आउनुभएको थियो । मैले त्यहिबेला कतिमा किन्नुभयो साडी भनेर सोधे । उहांले ७ हजार २ सय मा भन्नुभयो । त्यो साडी मेरोमा पनि थियो । मैले ४ हजार ७ सयमा बिक्री गर्ने गरेको थिए । उहांलाई म कहां भएको साडी पनि देखाए र मूल्य पनि भने । उहां झसंग हुनुभयो । ’ उपभोक्तामा सचेतना नहुदा पनि नेपाली उद्योग र व्यपारले मार खाएको गौचनको धारणा छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.