logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    पिलोको उपचार गर्दा विरामीको मृत्यु भएपछि युसीएमएसमा विद्यार्थीको आन्दोलन


    २० साउन २०७५ , आइतबार

    पिलोको उपचार गर्दा विरामीको मृत्यु भएपछि युसीएमएसमा विद्यार्थीको आन्दोलन

    आइसीयुमा तोडफोड, विद्यार्थी र प्रहरीबीच झडप, केही विद्यार्थी घाइते

    नरेश के.सी.
    भैरहवा, साउन २० । नितम्बमा आएको पिलोको उपचार गर्ने क्रममा आफ्नै सहपाठी साथीको मृत्यु भएपछि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा विद्यार्थिहरुले आन्दोलन गर्दा अस्पतालमा बिहानै देखि तनाब सृजना भएको छ ।

    सोही कलेजमा विडिएस १३ औं ब्याचमा अध्ययनरत २४ वर्षीय माधब शाह हिजो साँझ अस्पस्तालको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनलाई सँगै लिएर गएका एक साथीका अनुसार उनको पछाडि पट्टि पिलो आएको थियो ।

    सो पीलोको दुखाई बढेपछि उनी साथीसँगै अस्पतालमा भर्ना समेत भएका थिए । तर जुनियर डाक्टरले जथाभावी औषधी चलाउँदा उनको स्वास्थ्य अवस्था झनै गम्भिर बन्दै गएको मृतक शाहका सहपाठीले बताए । नाम उल्लेख नगरीकन ती विद्यार्थीले भने , ‘हामीले माधबको उपचारमा सिनीयर चिकित्सक पठाईदिनको लागि प्रिन्सिपल र मेडिकल सुपरीटेन्डेन्टलाई समेत भन्यौँ तर उनीहरुले कुनै चासो दिएनन् । त्यहीँका भएकाले जथाभावी औषधी दिए जसका कारण उनको मृत्यु भयो । ’

    आइसीयुमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सक पवन बरालले जनाए ।

    मृतक शाहको मृत्यु जुनियर डाक्टरको कारणले गलत औषधी चलाउदा र लाहपरबाहिको कारणले भएको आन्दोलनकारी विद्यार्थिले आरोप लगाएका छन् । विद्यार्थीहरुले बिहानैदेखि शाहको शब रहेको स्थल युसीएमएसमा घेराबन्दी गरेका छन् । आक्रोसीत विद्यार्थीहरुले प्रशासन विरुद्ध नाराबाजी गर्दै आइसीयु कक्षका सिसाहरु समेत तोडफोड गरेका छन् । कलेजमा अध्ययरन अधिकांश विद्यार्थिहरु आन्दोलनमा उत्रिएपछि अस्पतालमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

    विद्यार्थिहरुले मेडिकल माफिया मुर्दाबाद, मान्छे मार्न पाइदैन, यस्तो अस्पताल चाहिँदैन जस्ता नाराबाजी गरिरहेका छन् । प्रहरीले विद्यार्थीहरुलाई नियन्त्रणमा लिन लाठी चार्ज समेत गरेको छ । आन्दोलनकारीहरुले समाचार संकलनको लागि गएका पत्रकारहरुलाई पनि दुव्र्यव्यहार गरेका छन् । उनीहरुले एपीवान टिभीका पत्रकार राधेश्याम विकको क्यामरा समेत फुटेको छ ।

    यता अस्पताल प्रशासनले मृतक शाह पहिलेदेखि बिरामी रहेको, उनको उपचारमा कुनै कमी नराखेको जनाएको छ । उनको मृत्यु प्रति दुखः व्यक्त गर्दै विद्यार्थीहरुलाई संयमित हुन प्रशासनले आग्रह गरेको छ । आइसीयुमा तोडफोड हुँदा भित्र रहेका बिरामीहरुको उपचारमा समेत समस्या सृजना भएको छ ।

    जनकपुर पदमुक्काका शाह ३ महिनापछि दन्त चिकित्सक भएर निस्किँदै थिए । घरको आर्थिक अवस्था समेत कमजोर भएका शाहको मृत्यु भएपछि अस्पतालमा आएकी उनकी आमा अर्धचेत अवस्थामा छिन् । बिहानै मृत्यु भएको बिरामीको आइसीयुबाट शब समेत उठाइएको छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.