
अरुण ज्ञवाली
भैरहवा, भदौ ४ ।
जताततै निराशाका कुरा मात्र गर्छन् मानिसहरु अहिले । अब त केही हुने आशा गरेका नेपालीहरु झन् पीडामा छन् । सुख, शान्ति, समृद्धिको बदलामा पmेरी पनि लुट, बलात्कार, हत्याका श्रृङ्खला बढिरहेकै छन् । मानिसहरु व्यस्त छन् । कोही लुट्न व्यस्त, कोही नारीको अस्मिता लुटन व्यस्त, कोही कसैलाई मार्न व्यस्त, कोही जागिरे जीवनमा व्यस्त । यस्तै यस्तै व्यस्त जागिरे जीवनबाट बचेको थोरै समय निकालेर निराशायुक्त जीवन र जगतलाई अशा र भरोसामय बनाउन लागिपरेका छन्, भैरहवाका कलाकार बासुकी शमशेर जबरा ।बासुकी भन्छन्, “जताततै निराशा छाइरहेको छ तर म ती निराशालाई मेटाउन खुशीका चित्रहरु कोरीरहेको छु ” । उनले राम्रो नेपालको श्रृङ्खला बनाईरहेका छन् ।

यति एयरलाइन्सको अति व्यस्त जागिरे जीवनबाट बचेको थोरै समय बासुकी अहिले चित्रकलामा ब्यस्त छन् । हुन त उनले चित्र कोर्न थालेको ३८ वर्ष भयो तर अहिले पछिल्लो समय उनी निकै व्यस्त छ चित्रकला कोर्नमा । २०२७ साल पmागुन २६ गते काठमाण्डौमा जन्मिएका कलाकार राणा २०३७ सालमा स्थायी बासिन्दाको रुपमा भैरहवा आए । १२ बर्षको कलिलो उमेरमै चित्र कोर्न थालेका राणाले अहिले सम्म २ सय भन्दा बढी चित्र कोरी सकेका छन् । बिहान ८ बजे देखि यति एयरलाईन्सको स्टेशन म्यानेजरको ब्यस्त समयबाट बचेको थोरै समय उनका लागि निकै महत्वपूर्ण छ । उनी बिहान ४ बजेबाट चित्र कोर्न सुरु गर्छन् भने साँझ अपिmसबाट घर गएपछि सुरु गर्छन् यो क्रम राती अबेरसम्म चल्छ ।

साथीभाइले बिहान मर्निङ वाक जान आग्रह गर्दा उनी जाँदैनन् । नजानुको कारण उनी आपmनो श्रृजनामा व्यस्त हुनु हो । ‘मर्निङ वाक गएँ भने त मेरो श्रृजना अधुरो हुन्छ ” राणा भन्छन् । उनले बनाएको चित्र पmोटो भन्दा पनि सुन्दर भएर नै होला धेरैको चित्र बनाउने माग छ । कलाकार रणाले कोरेका चित्र भैरहवा मात्र होईन नेपालका कुना कुना र बिदेशका आलिशान घरका भित्तमा पनि टाँगिएका छन् । अमेरिका, बेलायत, हङकङ्ग, क्यानडा, जापान, कोरिया लगायतका मुलुकमा पुगीसकेका छन् ।
तमसोमा ज्योर्तिगमय । ‘तम’ अर्थात अँध्यारोभित्र जो गहिराईमा पस्न सक्छ, उसले नै नयाँ कुरा फेला पारेर ज्योतिमा ल्याउन सक्छ । ज्योति भनेको प्रकाश ।

अँध्यारोमा जो पसेकै छैन, जसले अँध्यारो देखेकै छैन, उसले ज्योति ल्याउन सक्दैन । त्यसैले गहिराइ भनेको अन्धकार हो, त्यही अन्धकारबाट मोति निकाल्ने हो । उनले हासिल गरेको ज्ञानलाई, अनुभव र सम्वेदनालाई अहिले चित्रमा कोरी रहेका छन । राणाले बिषेशगरी महामानब गौतम बुद्धको जिबन, लुम्बिनी, महाभारत लगायतका चित्र कोर्नै गरेका छन ।
प्रकृति कला हो । बिज्ञान हो । अध्यात्म हो । दर्शन हो र हो असीमित भण्डार । यो भण्डारबाट मान्छेले जे पनि झिक्न सक्छ । स्रस्टा र द्रष्टा प्रकृति मात्र हो । मान्छे त त्यसलाई अलिक बुुझेजस्तो गर्ने पृथ्वीको एक जीव हो । मान्छे जति बुझ्दै गयो, उति प्रकृतिमा निहुुरिँदै जान्छ । प्रकृति उही रहन्छ । नबुुझ्दै मान्छे मरिसक्छ । जसरी लटरम्म फलेको फल निउरीमुुन्टो लगाएर झुुकिरहेको हुुन्छ, मान्छे प्रकृतिप्रति त्यसरी नै झुुक्दै जान्छ । जब उसमा ज्ञान भरिन्छ ।

बासुकीले धेरै चित्र बुद्धको जिबन सँग जोडिएका चित्र कोरेका छन । बुद्धको चित्र कोर्दा अध्यात्मिक शुख शान्ती पाएको उनी बताउछन । उनलाई चित्र कोर्न प्रोत्साहान दिने लुम्बिनिका कलाकार राजु शाक्य प्रति धेरै आभारी छन भने पृथ्बीमा पाईला टेकाउने बुबा शेष शम्शेर जबरा, आमा रमा राणा , धर्म पत्नि सरिता राणा र २ छोरी उनका प्रेरणाका खानी हुन ।
उपलब्धीको आशा हो जीवन । जन्मिएदेखि हालसम्म केही उपलब्धी हासिल गरौं भनेर संघर्ष गर्दागर्दै मानिस मर्छ । कलाकार बासुकी समयको अभाबमा पनि कलाको जगेर्ना गर्न लागीरहेका छन । उनि भन्छन“ मान्छेले मेहनत गर्नु पर्छ मुल्याँकन अवश्य हुन्छ ” ।
प्रकृति र परिवर्तित वातावरणीय प्रभावको असर यस्ता कलामा छाइसक्नुपर्छ । ताजापन र पानी अनुभूति दिलाउने यस खाले कला आधुनिक कलाको तुलनामा धेरै अघि विकास भएर आएको हो । इतिहास बोकेर आएको यो कला आजसम्म पनि विश्वभरि छाउँदै आइरहेको छ । नेपालमा पनि यसको प्रयोग अद्यावधि कायम नै छ ।

कलाकार राणाका अनुसार कला मानव सभ्यताको सूचक भएकाले पनि सभ्यता बाँचुञ्जेल कुनै पनि सिद्धान्त र कलाका वादहरु बाँचिरहन्छन मर्दैैनन् । मानव सभ्यताको उद्गमकालदेखि नै कला जोडिएर आएकाले मानव सभ्यतासँग यसको नाता गहिरो छ । यो संसार रहेसम्म कला जीवित रहन्छ । चित्रकलाको इतिहास त झन् ढुङ्गेयुगबाटै शुरु भएको हो जसको प्रमाण आज पनि अल्तानियरको गुफामा देख्न सकिन्छ । शिकारी युगका मानव जातिले दिन बिताउने र शिकारका लेखाजोखा गर्ने माध्यम हो– चित्रकारिता विधा । यही बिधा बाट बासुकीले सबैको अनुहारमा उज्यालो प्रकास छर्नै र सबैलाई दुखी होईन खुशी पार्नै अभियानमा लागेका छन ।

भनिन्छ– चित्रकला त्यो विधा हो, जसमा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य अटाएको छ । कलाको सम्बन्ध मानिसको जीवन र जगत्सँग अन्योन्याश्रित रहेको हुन्छ । विश्व मञ्चमा यो विधा साहित्य, सङ्गीत, कला र कलाका अन्य विधाहरुभन्दा उच्च र जेठो विधाका रुपमा प्रतिष्ठित छ । संसारले चित्रकला विधालाई विश्वभाषा मान्छ । कारण, यसलाई बुझ्न र बुझाउन कुनै पनि देशको स्थानीय भाषाको आवश्यकता पर्दैन । यसको औचित्य दृष्टिगोचर भएर नै पूरा हुने हुँदा दृष्टि अनुभूतिबाट नै आनन्दको पराकाष्ठामा पुगिन्छ । कलाकार राणाका चित्रहरुले सबैलाई यहि अनुभुती दिन्छ ।