कमल रायमाझी
भैरहवा, २३ भदौ । जुम्लाका ३५ बर्षिय भक्त बहादुर रोकाय डडुवा रोगका कारण ७ बर्ष पहिले काटिएको आफ्नो दाहिने खुट्टा जोडन्का लागी अहिले भैरहवा आएका छन् ।

घुडा भन्दा तल काटिएको अपाङग शरिर लिएर हस्याङ र फस्याङ गर्दै आएका उनि गुमेको खुट्टा पाउने आसमा यहाँ आई पुगेका हुन् । उनि मात्र नभएर पाल्पा मदन पोखराका दिर्घ बहादुर कार्की पनि १ बर्ष पहिले सुगर रोगका कारण काटिएको आफ्नो खुट्टा जोडनका लागि छोराका साथमा भैरहवामा आएका छन् । दुर्घटनाका कारण अपाङ भएका तिलोत्तमा नगरपालिका १ डाइभर टोलका ४७ बर्षिय यदु कुमार दर्लामी पनि श्रीमतीको साहारामा खुट्टा जोडिने आसमा अहिले भैरहवामा रहेको मारवाडी सेवा संघको भवनमा बसिरहेका छन् ।

यिनिहरु मात्र नभएर अहिले नेपाल भर बाट १ सय ५ जना खुट्टा विहिन अपाङ भएका व्यक्ति भैरहवामा आएका छन् । सबै बिभिन्न कारणले अपाङग भएका व्यक्तिहरु हुन । खुट्टा बिहिन कारणले कष्टपुर्ण जिवन बिताईरहेका यी अपाङगहरुको खुट्टा दिने काम भने रुपन्देहीको मारवाडी युवा मञ्चले गर्ने भएको छ । “ सेवा नै धर्म हो ” भन्ने मुल मन्त्रका साथ सामाजिक क्षेत्रमा क्रियाशिल मारवाडी युवा मञ्चको पहलमा अहिले भैरहवाको मारवाडी सेवा संघको भवनमा अपाङगता भएकाहरुलाई कृत्रिम खुट्टा निशुल्क बितरण गर्नका लागी नाम दर्ता र खुट्टाको नाप लिने काम भैरहेको बितरण कार्यक्रमका संयोजक अरुण अग्रवालले जानकारी दिए । मारवाडी युवा मंच भैरहवा र बुटवलले अपाङगता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा निःशुल्क बितरण गर्ने सुचना दिएपछि नेपालका विभिन्न क्षेत्र बाट आएका अपाङगहरुलाई खुट्टाको नाप पछि केहि दिनको अन्तरालमा कृतिम खुट्टा बितरण गरिने मारवाडी युवा मञ्च बुटवलकी अध्यक्ष नेहा अग्रवालले बताईन ।

५० जना अपाङग भएकाहरुलाई निशुल्क कृतिम खुट्टा बितरण गर्ने योजना भएपनि अनुमान भन्दा दोब्बरको सख्यामा अपाङगहरु आएपछि सबैलाई खुट्टा दिने योजनाका साथ नापजोकको काम भैरहेको कार्यक्रमका सहसंयोजक सुनिल जैनले बताएका छन् ।
मारवाडी युवा मञ्च भैरहवा र बुटवलको पहल र मारवाडी सेवा समिति काठमान्डौको सहयोगमा निःशुल्क कृतिम खुट्टा बितरण गर्न सुरु गरेपछि स्थानियहरुले समेत मारवाडीहरुको समाज सेवा प्रति सम्मान प्रकट गरेका छन् । नेपालका बिराटनगर, झापा, जनकपुर र धुलीखेलमा दर्जनौ अपाङगहरुलाई निःशुल्क कृत्रिम खुट्टा बितरण गरिसकेको मारवाडी समाजले भैरहवामा पहिलो चोटि बितरण कार्यक्रममा सहयोग पुराएको छ ।
काठमान्डौमा सधै निःशुल्क कृतिम खुट्टा बितरण गरिरहेको मारवाडी सेवा समाजले नेपाल भरि हालसम्म २२ सय जनालाई कृतिम खुट्टा बितरण गरिसकेको संस्थाको सुचना शाखाले जनाएको छ ।

समाजले बितरण गर्ने कृतिम खुट्टाहरु तिन प्रकारका हुने गरेका छन् । पहिलो हिप जोर्नी देखी तल जसको निर्माण मुल्य १ लाख १७ हजार पर्ने, दोस्रो घोडा भन्दा माथी वाट बनाउदा ६७ हजार र घोडा भन्दा तलको निर्माण लागत ३७ हजार लाग्ने आयोजकले बताएका छन् । यहाँ भने यसको बितरण निशुल्क हुने छ । टाढा बाट आउनेलाई खाना र बासको व्यवस्था समेत निशुल्क गरिएको छ ।
यसरी समाजमा खुट्टा नभएर अपाङग भएका व्यक्तिहरुलाई साहारा बन्दै गरेका मारवाडीहरुले बिभिन्न क्षेत्रबाट र आफ्नै समुदायको सहयोगमा गरेको यो पुन्य कार्यले नेपाल भर रहेका ६ लाख अपाङगहरुलाई हौसल्लाह दिएको छ ।
मारवाडी युवा मन्च भैरहवाका अध्यक्ष मनोज अग्रवालले यस्ता कार्यहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने भन्दै समज सेवामा सक्रिय रुपमा लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।