logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    स्वास्थ्य शिक्षामा अग्रसरता


    २४ भाद्र २०७५ , आइतबार

    स्वास्थ्य शिक्षामा अग्रसरता

    असलम खान
    मर्चवार, भदौ २४ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सम्मरीमाई गाउँपालिकाले स्वास्थ्य शिक्षामा संघसंस्थाको सहभागितालाई जोड दिएको छ ।

    गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाको विशेष पहलमा उक्त पालिका भित्र विश्वभरी सामाजिक सेवामा नाम कमाएको संस्था रोटरी क्लबले शिक्षा स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले अभियान नै चलाएको छ ।

    सिद्धार्थनगर स्थित रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले उक्त गाउँ पालिका वडा नं.६ रोटरी ग्राम (मन्झरीया) मा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । यसैगरी मन्झरिया आधारभूत विद्यालय मन्झरियाका कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरेको छ ।

    सो अवसरमा सोही क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद प्रमोद यादवले शिक्षा र स्वास्थ्यमा मर्चवारका जनताको सहज पहुँचको लागि सबैको सहकार्य जरुरी रहेको बताए । रोटरीका प्रेम बेलबासेको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सांसद अष्ठभुजा पाठक, सम्मरीमाई गाउँपालिका प्रमुख जितेन्द्र नाथ शुक्ला (बब्लु), रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष जितेन्द्र नाथ शर्मा, क्लबका पूर्व अध्यक्ष देवी गुरुङ, ठाकुर कुमार श्रेष्ठ लगायतले बोल्दै सम्मरीमाईको हरेक जनतालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.