भैरहवा, ३ असोज । प्रदेश नम्बर ५ मा गुणस्तरिय सेवा दिनेमा पहिलो बनेको नेशनल प्याथ ल्याबले आफ्ना नयाँ योजनाका साथ बिरामी माझ लोकप्रिय बनेको छ । ६ बर्ष अघि सँचालनमा आएको नेशनल प्याथ ल्याबले आफ्नो सेवालाई गुणस्तरिय र भरपर्दाै बनाउदै सेवाग्रहीको मन जित्न सफल भएको हो ।

छोटो अवधीमै उक्त ल्याबले आफ्नो सेवा लाई मुलुकका बिभिन्न शहरमा समेत बिस्तार गरेको छ । पाँच नम्बर प्रदेश लगायतका बिभिन्न शाखा बाट उक्त ल्याबले बिरामीहरु लाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको ल्याबका सँचालक रुद्र कार्कीले बताउछन् । एक करोड लगानी बाट सुरु गरिएको ल्याब हाल सम्म करिब ८ करोड लगानी भैसकेको सँचालक कार्कीले जानकारि दिए । यस ल्याबको बुटवल, गुल्मी, दाड, अर्घाखाँची र धनगढीमा शाखा बिस्तार गरी सेवा दिदै आएको छ । ल्याबको ३५ स्थानमा सँकलन केन्द्र समेत रहेका छन् । रुपन्देहीमा यस ल्याबको भैरहवाको जनक पथ, गल्लामण्डीको काफले कम्लेक्स, मा ल्याब र युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा सँकलन केन्द्र रहेको छ । बुटवलमा प्रधान कार्यालय रहेको ल्याबले शाखाहरुबाट समेत बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छन् ।

ल्याबका बिजनेश डेभलपमेन्ट अपिmसर प्रबिण सिँहले आफूहरुको ल्याबमा करिब ७ सय प्रकारका ल्याब टेस्ट हुने जानकारी दिदै स्वास्थ्य प्रति संबेदशिल रहेर काम गरेको बताउछन् । उनले नेशनल प्याथ ल्याब सबै प्रकारका ल्याब टेस्ट हुने र हुननसक्ने टेस्ट आफूहरुले नै भारतको दिल्ली र मुम्बई पठाउने गरेको जानकारि दिए । उक्त ल्याबमा मुख्य गरी सुगर, थाईराईड, भिटामिन डी, भिटामिन सि, बेटाएससिजी, प्रो लेकटिङ्ग, टेस्टो टेस्ट्रिन, हेपाटाईटिस बी, हेपाटाईटिस सी, माईरल लोड लगायत रगतका बिभिन्न रोगको ल्याब परिक्षण हुने गर्दछ । नेशनल प्याथ ल्याबको परिक्षण उत्कृष्ट भएकाले नेपाल सरकारले ए ग्रेडको मान्यता समेत दिएको छ ।

पश्चिमाञ्चलमै पहिलो पटक फुल्ली अटोमेटिक मेसिनद्धारा सुरु गरिएको ल्याब परिक्षण निकै गुणस्तरिय रहेको नेशनल प्याथ ल्याबको सुचना शाखाले जनाएको छ । उक्त ल्याबले अशक्त बिरामीहरुका लागी घरमै गएर रगत सँकलन गर्ने गरेको बताउदै सिँहले ल्याब रिपोर्ट ई मेल बाट पनि पठाउने ब्यबस्था गरिएको जानकारी दिए । ल्याबको रुपन्देही शाखाहरुमा ग्रामिण भेग देखी भारतको नौतनवा सुनौली बाट पनि ल्याब परिक्षणका लागी सेवाग्राही आउने गर्दछन । भैरहवामा भएका अन्य ल्याबमा नहुने ल्याब परिक्षण नेशनल प्याथ ल्याबमा हुने ल्याबको प्रशासन शाखाले जानकारी दिएको छ । ल्याबमा आउने सेवाग्रहीका लागी गुणस्तरिय र बिश्वसनिय सेवा र रिपोर्ट दिनु आफ्नो ल्याबको उद्धेश्य रहेको ६ वटा शाखाहरुमा गरी १ सय १४ जना दक्ष चिकित्सक र प्राबिधिक बाट ल्याब टेस्ट हुने सिँहले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले “ स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन निर्देशिका – २०७३ ” बमोजिम नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि. ‘क’ बर्गमा पर्न सफल भए पछि यसको जनमानसमा बिस्वास समेत बढाएको छ । यो ल्याब राष्ट्रिय स्तरमा सातौ नम्बरमा पर्न सफल भएको ल्याबको प्रशासन शाखाले बताएको छ ।
प्रयोगशाला स्थापना सञ्चालन तथा मापदण्ड सम्बन्धी निर्देशिका २०७३ अनुसार नेपालमा अहिले ए,बि, सि, डि र ई गरि पाँच वर्गका ल्याबहरु सञ्चालनमा रहेका छन् । ए वर्गमा पर्ने प्रयोगशालाहरुले विशिष्ट सेवा दिने गर्दछन् ।
‘क’ वर्गमापर्ने ल्याबमा ६ वटा विभाग हुनुपर्दछ । जसमा सोधपुछ कक्ष, दर्ता , विलिङ, नमुना संकलन , क्वालिटी, कन्ट्रोल मिटिङ हल, लाईब्रेरी तथा प्रयोगशाला प्रमुखको छुट्टै कार्यकक्ष हुनुपर्दछ । जाँच गर्ने प्रविधि अन्तराष्ट्रिय स्तरको हुनुपर्ने जिल्ला जनस्वस्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जुन नेशनल प्याथ ल्याबले पुरा गरेको छ ।