
लुम्बिनीखबर
भैरहवा, ७ असोज । लुम्बिनी प्रेस क्लब सँगको सहकार्यमा रुपन्देहीका वरिष्ठ पत्रकार नारायण सापकोटाले आफ्नी आमा भुवन कुमारी सापकोटाको स्मृतिमा भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार स्थापना गरेका छन् ।
पुरस्कारको राशी ५० हजार नगद रहेको छ । पुरस्कार सम्बन्धी सम्झौता आईतबार लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना र पुरस्कार संस्थापक नारायण सापकोटाले सम्झतापत्रमा हस्ताक्षर गरेका छन । उक्त पुरस्कार प्रत्येक वर्ष भुवन कुमारीको पूण्य तिथि असोज २२ गते पर्यटन क्षेत्रमा कलम चलाउने क्रियासिल पत्रकारलाई प्रदान गरिने क्लबको अध्यक्ष माधव ढुंगानाले जानकारी दिएका छन् ।
वरिष्ठ पत्रकार सापकोटाले लुम्बिनी प्रेस क्लबको सहकार्यमा आमाको स्मृतीमा पुरस्कार स्थापना गर्न पाउदा ज्यादै खुशीको अनुभुती भएको बताउँदै पुरस्कारले पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारका लागी प्रोत्साहन थपिने बताए ।
प्रेस क्लबका अध्यक्ष माधब ढुंगानाले नीजि तवरबाट यति ठूलो धन राशीको पत्रकारीता पुरस्कार स्थापना गरेर वरिष्ठ पत्रकार सापकोटाले पत्रकारका लागि ऐतिहासिक कार्य गरेकोमा धन्यवाद दिँदै यो सबै पत्रकारका लागि गौरवको विषय भएको बताए ।
२०३१ सालबाट रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता सुरु गरेका पत्रकार सापकोटाले २०३९ सालमा भैरहवाबाट मुक्ति सन्देश दैनिक प्रकाशित गरेका थिए । लुम्बिनी सन्देश, यथार्थ लगायत एक दर्जन पत्रिकामा सम्पादक प्रकाशक तथा दर्जनाँै राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पत्रकारिताको लामो अनुभव सापकोटासँग रहेको छ । पत्रकारितामा स्पष्ट र सत्य तथ्य उजागर गर्ने क्रममा पत्रकार सापकोटा पटक पटक जेल समेत परेको छन् ।
लोकतन्त्र र प्रजातन्त्रको प्राप्तीको अन्दोनलमा सायकोटा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका थिए । सापकोटा नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत भइसकेका छन् । उनले वातावरण पत्रकारिता पुरस्कार र रुपन्देही एफ एमको समेत स्थापना गरेका छन् । उनी एक दर्जन भन्दा सामाजिक संघ संस्थामा रहेर समाज सेवामा समेत सक्रिय छन् ।
यसैबीतच लुम्बिनी प्रेस क्लबको आईतबार बसेको कार्यसमिती बैठकले भुवन कुमारी स्मृती पत्रकारिता पुरस्कारको क्लब र पत्रकार सापकोटा बीच भएको सम्झौता लाई अनुमोदन गर्दै पत्रकार सापकोटा लाई विशेष धन्यवाद दिएको छ ।
बैठकले क्लबकी सचिव सम्झना शर्मा भाष्करानन्द शिक्षा पुरस्कारबाट सम्मानित भएकोमा र कार्य समिति सदस्य दीपक घिमिरे नेपाल प्रेस युनियन रुपन्देहीको उपाध्यक्ष र कार्य समिति सदस्य सलमान खान युनियनको प्रदेश पार्षद निर्वाचित भएकोमा धन्यबाद समेत दिएको छ । असोज २२ गते सोमबार लुम्बिनी प्रेस क्लबको कार्यालय जनक पथमा हुने भुवन कुमारी पर्यटन पत्रकारिता पुरस्कार वितरण समारोहमा सबै सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध गरिएको क्लबका महासचिब नरेश केसीले जानकारी दिए ।