logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    रेटी इन्स्टिच्युट क्षेत्रकै उत्कृष्ट


    ८ असोज २०७५ , सोमबार

    रेटी इन्स्टिच्युट क्षेत्रकै उत्कृष्ट

    अरुण ज्ञवाली
    भैरहवा, ८ असोज । पाँच वर्ष अघि पूर्व तयारी कक्षा सञ्चालन गर्ने योजनाका साथ अघि बढेका कृष्ण कुमार जयसवालले धेरै चुनौतीको सामना गर्नुप¥यो । तर जयसवालले हिम्मत हारेनन् । एसईईको परीक्षापछि विद्यार्थीहरु पूर्व तयारी कक्षा लिनबाट वन्चित थिए । जयसवालले पनि यो समस्या भोगेका थिए ।

    आफूले भोगेको समस्या भैरहवाका अरु विद्यार्थीले भोग्न नपरोस् भनेर उनी काठमाडांैको जागिरे जीवन छाडेर भैरहवा फर्किए । २०७० सालमा पूर्व तयारी कक्षा सञ्चालनका लागि रेटी इन्स्टिच्युट स्थापना गरे ।

    भैरहवामा व्यवस्थित तवरले पूर्व तयारी कक्षा सञ्चालनमा ल्याउने रेटी इन्स्टिच्युट नै भएको सञ्चालक जयसवाल दाबी गर्छन् । स्थापनाको ५ वर्षमै रेटी ५ नम्बर प्रदेशकै उकृष्ट इन्स्टिच्युट बन्न सपmल भएको छ ।

    एसईई परीक्षा दिएपछि कुन विषय अध्ययन गर्ने भन्ने जानकारी नपाएका विद्यार्थीलाई रेटी अहिले वरदान साबित भएको छ । रेटीमा अहिले एसईई दिएर बसेका विद्यार्थी, लोक सेवा, प्लस टु , विज्ञान, बैकिङ्ग, कोरियन भाषा, शिक्षक सेवा लगायतका धेरै पूर्व तयारी कक्षाको विषय अध्ययन हुने गर्दछ । रेटीमा कोरियन भाषा अध्ययन गरेका २ सय भन्दा बढी इपीएसमा नाम निकाल्न सफल भएका छन् ।

    सञ्चालक जयसवालका अनुसार ०७५ मा पूर्व तयारी कक्षाको अध्ययन पछि १ सय १५ जनाले नाम निकालेकोमा १६ जनाले पूर्ण छात्रवृत्ति पाएका थिए भने ६ जना कलेज इन्ट्रान्समा उत्कृष्ट भएका थिए । रेटीमा अध्ययन गरेका विद्यार्थीबाट आफूले नसोचेको परिणाम पाएको बताउँदै जयसवालले लोक सेवाको पूर्व तयारी कक्षा अध्ययन गरेका ३ जना सरकारी सेवामा प्रवेश गर्न सफल भएको दाबी गरे ।

    रेटी इन्स्टिच्युट गुणस्तरीय शिक्षामा जोड दिने बताउँदै जयसवालले धेरै विद्यार्थीलाई सरकारले उपलब्ध गराउने छात्रवृत्तिका बारेमा जानकारी नै नहुने भएकाले त्यसको बारेमा पनि परामर्श दिने गरेको बताए ।

    उनले भैरहवामा शिक्षा क्षेत्रमा केही गर्छु भन्ने प्रण लिएको बताउँदै अहिले आफू केही सन्तुष्ट भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए । भैरहवामा २४ वटा इन्स्टिच्युट भए पनि रेटीले छुट्टै पहिचान बनाउन सफल भएको छ । हरेक वर्ष नयाँ नयाँ विषयमा पूर्व तयारी कक्षा सञ्चालन गर्दै आएको रेटीले आगामी दिनमा पनि अरु नयाँ विषयमा पूर्व तयारी कक्षा सञ्चालन गर्ने जयसवाल बताउँछन् ।

    पछिल्लो समय भैरहवा पनि शिक्षा क्षेत्रमा निकै अघि बढेको उल्लेख गर्दै जयसवालले अब जुनसुकै विषय पनि अध्ययन गर्न भैरहवा बाहिर जानु नपर्ने दाबी गर्छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.