असलम खान
मर्चवार, १२ असोज । मर्चवार सम्मरीमाई गाउँपालिकामा रहेका ३ वटा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ ।

ज्ञान ज्योति माध्यमिक विद्यालय भुम्हवामा भएको निर्वाचनमा घनश्याम यादव १ सय ८० मत, गंगेश्वर मुराव १ सय ७१ मत र महिला सदस्य मा अलिमुन निसा १ सय ६५ मत,उर्मिला चाइ १ सय ७१ मत ल्याएर बिजयी भएका छन् । २०४६ सालमा स्थापना भएको उक्त बिद्यालयमा हाल ६ सय विद्यार्थी अध्यनरत छन् ।
पशुपति आधारभूत विद्यालय रामनगर मा राधेश्याम लोध १ सय १६ मत,र्धुव यादव १ सय १९ मत, महिला सदस्य मा पुनम गुप्ता १ सय १३मत, चन्दा हरिजन १ सय १६ मत ल्याएर बिजयी भएका छन् । २०४७ सालमा स्थापना भएको उक्त विद्यालयमा ४ सय विद्यार्थी अध्यनरत छन् ।
त्यसैगरी बाल विकास आभारभुत विद्यालय मा गंगा लोध ६८ मत,शिवनारायन वरइ ६९ र महिला सदस्य मा वासमति मुरा ८२ मत, शिला कुमारी धवल ७५ मत ल्याई निर्वाचित भए को स्रोत व्यक्ति शालिक राम शर्माले बताए ।
२०४७ सालमा स्थापना भएको उक्त बिद्यालयमा २ सय ८५ बिद्यार्थी अध्यनरत छन । तिन बटै बिद्यालयमा भएको निर्वाचनमा सम्मरीमाई गाउँपालिका प्रमुख जितेन्द्र नाथ शुक्ला बब्लु समर्थक बिजयी भएको बिद्यालय स्रोतले जनाएको छ ।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सम्मरीमाई गाउँपालिका प्रमुख जितेन्द्रनाथ शुक्ला (बब्लु), प्रमुख प्रशासकीय अधिकृत टुकराज पाण्डे,रामदास गौड लगायतको सहभागिता रहेको थियो ।