लुम्बिनीखबर
भैरहवा, १५ भदौ । सिमाक्षेत्रमा तस्करी नियन्त्रणका लागी सशस्त्र प्रहरी बल राजस्व भंसार गुल्म भैरहवाले बिशेस अभियान सञ्चालन गरेको छ ।
सिमाक्षेत्रमा हुने तस्करी, लागुऔषध ओसार पसार, सिमा अपराध तथा कालाबजारी नियन्त्रण र न्युनिकरणका लागी व्यापक रुपमा सशस्त्र प्रहरी परिचालन गरेको सशस्त्र प्रहरी बल राजस्व भंसार गुल्म भैरहवाको सुचना शाखाले जानकारी दिएको छ ।
गुल्मले जिल्लाका सबै क्षेत्रमा तस्करी तथा कालाबजारी रोकथामका लागी मोवाईल गस्ती, घुम्ति चेकजाच, सादा पोशाकका बिशेस टोलि परिचालन, सिमा तस्कर नियन्त्रणका लागी स्थानियहरु संग सहकार्य र सञ्चारकर्मी संग छलफल जस्ता अभियानलाई अगाडी सारेको सशस्त्र प्रहरी बल राजस्व भंसार गुल्म भैरहवाका प्रमुख सशस्त्र प्रहरी नायक उपरिक्षक गोविन्द बहादुर खातीले बताउनुभयो ।
चाडपर्बको समयमा अझ तस्करहरु सलबलाउने भएकाले पनि यसलाई पुर्ण नियन्त्रण गर्ने प्रयासमा आफुहरु रहेको भन्दै गुल्मका प्रमुख खातीले रुपन्देही अबका केहि समय पछि तस्करी शुन्य गराउने अभियानमा रहेको जनाए ।

गुल्मले भदौ महिनामा मात्र भारत बाट अबैध रुपमा नेपाल भित्रिएका लाखौको समानहरु नियन्त्रणमा लिएको जनाउदै तस्करहरुलाई भागाभाग बनाएको समेत दाबि गरेको छ ।
हामी अहिले सिमाक्षेत्र देखी जिल्लामा सबै नाकाहरुमा सादा र पोशाकमा सशस्त्र प्रहरी परिचालित छौ भन्दै गुल्मका सुचना अधिकृतले भन्नुभयो, जहाँ तस्करी भएको देखिन्छ त्यहि नियन्त्रण लिने र सिमा अपराधको गन्धमात्र थाहा पाए त्यसलाई डिस्ट्रोय गर्ने लक्ष्य रहेको छ ।
स्थानियहरु समेत सशस्त्रको नयाँ अभियान बाट खुसीयाली भएको बताउदै बेलहिया गाँउ समाजका निर्बतमान अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मञ्चका रुपन्देही अध्यक्ष सुरेन्द्र क्षेत्रीले तस्कर र सिमा अपराध रोकथाममा आफुहरुको पनि सहयोग हुने बताउनुभयो ।
भैरहवा भंसार कार्यालयले समेत राजस्व गस्तीको अभियानले भंसारमा राजस्व बृद्धी भएको भन्दै तस्कर नियन्त्रणमा सशस्त्रले यस्ता अभियानलाई तिब्रता दिनुपर्नेमा जोड दिएको छ ।
भैरहवा भंसार कार्यालयका प्रमुख भुपालराज शाक्यले सशस्त्र प्रहरीले चालेको अभियानले भंसार राजस्व बढेको भन्दै उनिहरुले भंसारको लक्ष्य अनुसार काम गरेको बताउनभयो ।
असोज महिनामा मात्र लाखौ तस्करी समान नियन्त्रण
सशस्त्र प्रहरी बल राजस्व भंसार गुल्मले असोज महिनामा मात्र लाखौको भंसार छलि गरि भारत बाट नेपाल तर्फ आएको अबैध समानहरु नियन्त्रण लिएर भैरहवा भंसार कार्यालय र राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।
गुल्मले असोज ७ गते सशस्त्र प्रहरी नायक उपरिक्षक गोबिन्द बहादुर खातीको नेतृत्वमा गस्तीमा रहेको बेला बेलहिया क्षेत्र बाट भन्सार छलि आएको २ लाख ५७ हजार मुल्य बरावरको लत्ता, कपडा ,किराना समान र स्टेशनरी समान नियन्त्रण गरि भैरहवा भंसार कार्यालय बुझाएको भैरहवा भन्सार कार्यालयको रेर्कडमा देखिन्छ ।
असोज ११ गते सशस्त्र प्रहरी निरिक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलिले सिद्धार्थनगर नगरपालिका १२ शान्तिनगर बाट लु १ ज २८७० नम्बरको पिकअपमा अबैधरुपमा भारत बाट आएको २१ बोरा प्लास्टिक समान कुचो पक्राउ गरि राजस्व अनुसन्धान कार्यालय रुपन्देहीमा बुझाएको देखिन्छ ।
यो समान सुर्य कुचो उद्योग शाीन्तनगरको भ्याट बिल बनाएर बुटवल तर्फ जादै गर्दा सशस्त्रको नियन्त्रणमा राजस्व अनुसन्धान कार्यालय बुटवलले बताएको छ ।