कमल रायमाझी
भैरहवा, २६ असोज । बैंकर्स समूह भैरहवाले बिजया दशमी तथा दिपावली र छर्ड पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
विहिवार भैरहवाको होटल पौवामा गरिएको कार्यक्रममा बैंकका सिओ तथा क्षेत्रिय डाइरेक्टर र शाखा प्रवन्धकहरुको सहभागिता रहेको बंैकर्स भैरहवाले बताएको छ ।

शुभकामना कार्यक्रममा प्रमुख अथिति सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले बंैकर्सहरुले आर्थिक क्षेत्रमा सोच बिचार पुराएर लगानी गर्नु पर्ने भन्दै नगरपालिकाको बिकासमा सहयोग पुराउनु पर्ने कुरा राखेका थिए ।
उनले नगरको बिकासमा बैंकहरुको भुमिका महत्वपुर्ण हुने भन्दै सामाजिक क्षेत्रमा समेत काम गर्न अनुरोध गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवा शाखाका प्रमुख व्यवस्थापक अशोक पौडेलले बैंकहरु जनताको पक्षमा काम गर्न तयार भएको बताउदै राज्यले पनि बातावरण तयार पार्नु पर्ने बताए ।
राज्यले बैंकहरुलाई लगानी मैत्री बातावरणका लागी निर्देशित गरेको बताउदै प्रमुख व्यवस्थापक पौडेलले उद्यम गर्न चाहाने नेपालीहरुलाई योजना लिएर बैंक समक्ष आउनु पर्ने सुझाब दिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा बैंकर्स समूहका संयोजक नेपाल इन्भेस्टमेन्ट बैकका क्षेत्रिय प्रवन्धक रामराज उपाध्यायले नगरपालिका तथा राष्ट्र बैंक र बैंकर्सहरु विचको सामिप्यतालाई अगाडी बढाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख ख्याम बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीकका सहसचिब कमल रायमाझी, कृषि बिकास बैंक भैरहवाका क्षेत्रिय डाईरेक्टर मिनराज पोखरेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सिर्दाथ बैंक भैरहवा शाखाका प्रमुख जिबन घिमिरेको सञ्चालन तथा श्री इन्भेस्टमेन्ट फाईनान्स लिमिटेडका डिपुटी सिओ खिम बहादुर कार्कीको स्वागतमा सम्पन्न कार्यक्रमको सहजीकरण तिनाउ बिकास बैंक भैरहवा शाखाका प्रबन्धक एकनारायण अर्याल (बिष्णु) गरेका थिए ।