कमल रायमाझी
भैरहवा, ३१ असोज । सशस्त्र प्रहरी बल नेपाल राजस्व भंसार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले बुधवार ६ लाख मुल्य बरावरको अबैध समान र १० लाख मुल्यको ट्रक बरामद गरेको छ ।

भारतिय बजार बाट बिना भंसार नेपाल भित्रिएका १ सय ४४ पिस कुर्ता सुरुवाल , ९० पिस सारी, २ सय ९३ मिटर पर्दाको कपडा बर्दघाट नगरपालिका वडा नम्बर ४ त्रिबेणी चोक बाट ट्रक सहित नियन्त्रणमा लिएको नम्बर ३८ गुल्म रुपन्देहीको सुचना शाखाले जानकारी दिएको छ ।
पराल बोकेको ना. २ ख. ६१७५ नम्बरको मालबाहक ट्रकमा भारतिय सिमा नाका झुलेनीपुल क्षेत्र बाट चितवन लैजादै गर्दा उक्त समन नियन्त्रणमा आएकोे नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द बहादुर खातीले बताउनुभयो ।

पहिल्लो समय नबलपरासी क्षेत्र बाट सुरक्षा निकायकै मिलोमतोमा तस्करी मौलाउदै गरेको सुचना पाएपछि नम्बर ३८ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक खातीको कमाण्डमा खटेको टोलिले ट्रक सहित अबैध कपडा नियन्त्रणमा लिएको हो ।
समान र ट्रक नियन्त्रण पछि भैरहवा भंसार कार्यालय चलान गरिएको नम्बर ३८ गुल्म रुपन्देहीले जानकारी दिएको छ ।

भंसार चोरि तस्करी नियन्त्रण का लागि बिशेस अभियान चलाएको नम्बर ३८ गुल्म रुपन्देहीले पहिल्लो आर्थिक बर्ष २०७५ । ०७६ को तिन महिना साउन देखी असोज सम्म ९१ लाख ५८ हजार ८ सय ३६ मूल्य बरावरको अबैध समान नियन्त्रण गरि भंसार चलान गरिसकेको छ ।