logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    चल्ला तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी


    ४ कार्तिक २०७५ , आइतबार

    चल्ला तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी

    भैरहवा,४ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल राजस्व भंसार ३८ नम्बर गुल्म रुपन्देहीले अबैध रुपमा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा आइतवार बिहान ३५ सय ब्रोइलर कुखुराको चल्ला बरामद गरेको छ ।


    जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ७ टिकर क्षेत्रमा गस्तीमा गएको सशस्त्रको टोलिले लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा चल्लाहरु बरामद गर्न सफल भएको राजस्व भंसार ३८ नम्बर गुल्म रुपन्देहीको सुचना शाखाले जानकारी दिएको छ ।


    राजस्व गुल्म बाट सशस्त्र प्रहरी निरिक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलिले उक्त अबैध चल्ला बरामद गरेको गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर खातीले बताउनुभयो ।
    भारतीय सिमा क्षेत्र बाट तस्करहरुले भरिया प्रयोग गरेर खेतको बाटो चल्ला नेपाल भित्राउदै गरेको सुचना पाउना साथ गएको गस्तीले उक्त चल्ला बरामद गर्नुका साथै बरामद चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट बेलहिया,नेपाल ह्राचरी संघ, सञ्चारकर्मी र स्थानिय बासिन्दाको रोहवरमा नष्ट गरिएको गुल्मले जनाएको छ ।


    पछिल्लो समय रुपन्देहीमा अबैध चल्ला भारत बाट नेपाल तर्फ व्यापक रुपमा भित्रिने गरेको गुनासो स्थानिय स्तरमा उठेपछि यसको रोकथाममा सशस्त्रले बिशेष अभियान थालेको हो ।
    जसको परिणामा पछिल्लो दुई महिनामा १० हजार अबैध चल्ला बरामद गरि नष्ट गरेको छ

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.