logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    छठ पर्वको रौनकले राजधानीका बजारमा चहलपहल


    २७ कार्तिक २०७५ , मंगलबार

    छठ पर्वको रौनकले राजधानीका बजारमा चहलपहल

    तराई–मधेसमामात्र नभइ अहिले राजधानीमा पनि हिन्दूहरूको प्रमुख चाड छठ पर्वको रौनक छाएको छ ।

    हिन्दू धर्मावलम्बीको महान् पर्व छठको अवसरमा राजधानीको कालीमाटी,कुलेश्वरलगायत विभिन्न स्थानका बजारमा निकै नै चहलपहल बढेको छ । छठमा चाहिने सामग्री किन्नको लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको भीड निकै नै बढेको छ ।
    छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको संख्या उल्लेख्य छ ।
    केरा घरिको ३०० देखि ५०० सम्म विक्री भएको व्यापारी बताउँछन् । साथै उखु गोटाको १५ रुपैयाँमा विक्री भएको व्यापारीको भनाइ छ ।
    छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ र्पुयाउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ ।
    चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन्।
    तस्बिरहरू  setopatibat

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.