असलम खान
मर्चवार, २८ कार्तिक । जिल्लाको मर्चवार क्षेत्रका बिभिन्न स्थानमा भव्यरुपमा छठ पर्व मनाईएको छ ।

मर्चवारका असुरैना बजारको पोखरी, रुदलापुरको पोखरी, चक्कीया, नौडिहवा, बोगदया खोला र परसहवाको मिडिया चोकमा श्रदालु भक्तजनहरु जम्मा भएर भव्यरुपमा छठ पर्व मनाएका हुन ।
मंगलवार साझ अस्ताउदो र बुधवार बिहान उदाउदो सुर्यलाई फलफुल चढाउनुका साथै अर्घ दिएर छठ पर्वको मनाईएको हो ।
छठ पर्वमा सुर्यलाई अर्घ दिँदा दुःख र दरिद्र बाट मुक्ती पाईने बिश्वास रहेको असुरैना दर्गा मन्दिरका पुजारी बालकिसुन कुर्मीले बताए ।
छठ पर्वको उपलक्ष्यमा सम्मरी माई गाउँपालिकाका प्रमुख बब्लु शुक्लाले मर्चवार क्षेत्रमा सबै स्थानमा पुगेर स्थानियहरुमा शुभकामना आदान प्रदान तथा समृद्धीको कामना व्यक्त गरेका छन् ।