logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लाइसेन्सको आवेदन ७ गतेदेखि खुल्ने, ५० हजार भन्दा धेरै लाइसेन्स छापियो


    ४ मंसिर २०७५ , मंगलबार

    लाइसेन्सको आवेदन ७ गतेदेखि खुल्ने, ५० हजार भन्दा धेरै लाइसेन्स छापियो

    दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ ।


    यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो ।
    नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। ‘ ७ गते देखि सवारीचालक अनुमति पत्रको आवेदन खोल्छौ’ उपाध्यायले सेतोपाटीसँग भने ।
    ५० हजार भन्दा धेरै लाइसेन्स छापियो
    ट्रायल कटाएका करिव ६ लाख चालक भने अझै लाइसेन्सको प्रतिक्षामा छन् । यातायात व्यवस्था विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको छ ।
    आफूहरुले हालसम्म ५० भन्दा धेरै लाइसेन्स छापिसकेको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिए । चालकको व्यक्तिगत विवरणमा केही समस्या आएको कारण पूरा रफ्तारमा लाइसेन्स छपाई हुन नसकिएको उनले बताए ।

    ‘सुरुवाती दिनमा हामीलाई प्राप्त डाटा मध्ये करिव १५ प्रतिशत डाटा मात्र आउथ्यो, बाकीँ ‘इरर’ आउथ्यो तर अहिले विभागले भारतबाट इन्जिनियर ल्याएपछि ५० प्रतिशत सही डाटा आउन थालेको छ’ ढकालले भने ‘ अव केही समयमै हामी पूरा रफ्तारमा छाप्छौ।’
    छापिएको कार्ड छिट्टै विभागलाई जिम्मा लगाउने तयारी रहेको ढकालले बताए । सेतोपाटीबाट

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.