logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    राष्ट्रिय सुनसरीमा फेरि व्यवसायीको हत्या


    ५ मंसिर २०७५ , बुधबार

    राष्ट्रिय सुनसरीमा फेरि व्यवसायीको हत्या

    छघ सुनसरी मंसिर ५, २०७५ सुनसरीको दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको छ ।

    मर्निङवाकमा निस्किएका ५४ वर्षिय हुसेनलाई बिहान साढे ६ बजेतिर अज्ञात समुहले गोली हानेको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनलाई गोली हानेको प्रहरीले जनाएको छ । उपचारका लागि न्यूरो अस्पताल बिराटनगर लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार, हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ । घटना लगत्तै प्रहरीले अनुसन्धान थालेको र घटनाको कारण खुल्न नसकेको अधिकारीले बताउनुभयो । हुसेन दुहबी नगरपालिका वडा ९ का वडा अध्यक्ष मोहमद महदी हुसेनका भाइ हुन् । यसैबीच, हत्यारा तत्काल पत्ता लगाई कारबाहीको माग गर्दै दुहबीबासीले प्रर्दशन गरेका छन् । प्रदर्शनका कारण कोशी राजमार्ग अन्तरगत दुहवी खण्डमा सवारी आवागमन प्रभावित भएको छ । मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै उनीहरुले शान्ति सुव्यवस्थाको माग समेत गरेका छन् । यसअघि, सुनसरीको हरिनगरा–२ मा खुर्सिद आलमको पनि गोली हानी हत्या भएको थियो । आलमको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।  साभार ekantipur  bata.

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.