logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भैरहवा कारागारमा क्षमता भन्दा तेब्बर कैदी


    ६ मंसिर २०७५ , बिहिबार

    भैरहवा कारागारमा क्षमता भन्दा तेब्बर कैदी

    नरेश के सी
    भैरहवा, मंसिर । क्षमता भन्दा बढी कैदी हुदां यहांको कारगारमा सुरक्षा चुनौति थपिएको छ ।

    जम्मा एकसय जनाको क्षमता रहेको भैरहवा कारागारमा मंगलबार यो सम्बाददाता पुग्दा ४ सय ५ जना थुनुवा र कैदी थिए । भैरहवा कारागारका जेलर प्रेमबहादुर रोक्काले थुनुवा कैदीको संख्या बारे भने ‘एक सय जनाको क्षमता हो तर बाध्यताबशः ४ सय ५ जना राखेका छौं। ’
    क्षमता भन्दा तेब्बर संख्यामा कैदि थुनुवा रहेको उक्त कारगारमा स्वदेशी कैदिको संख्या १ सय २३ र विदेशी कैदीको संख्या छ जनागरी जम्मा १ सय २९ रहेको छ । यसैगरी थुनुवाको संख्या स्वदेशीको संख्या २ सय ६२ जना र विदेशीको संख्या १४ जना गरी जम्मा २७६ रहेको छ ।
    जेलर रोक्काका अनुसार सबैभन्दा बढी कैदी लागु औषध मुद्धाका रहेका छन् भने थुनुवा पनि सोहि मुद्धाका रहेका छन् । उनका अनुसार ४४ जना स्वदेशी कैदि लागु औषधका छन् भने ८० जना स्वदेशी थुनुवा छन् । यसैगरी ३ जना भारतीयले कैदी जिवन बिताईरहेका छन् भने ३ जना विदेशीले नै थुनुवा जिवन विताईरहेका छन् ।
    कर्तव्य ज्यानमा १९ जना कैदि, ३० जना थुनुवा स्वदेशी नागरिक छन् । यो मुद्धामा विदेशी नागरिक छैनन् । यसैगरी जबरजस्ती करणीमा १९ जना कैदी र ४० जना थुनुवा रहेका छन् । यो मुद्धामा २ जना आफ्नै श्रीमतिले मुद्धा हालेका पनि छन् । चोरी मुद्धामा १२ जना कैदी, २० जना थुनुवा, डाका चोरीमा ४ जना कैदी र ४ जना थुनुवा, जिऊ मास्ने बेच्नेमा ३ जना कैदी र १० जना थुनुवा, सवारी ज्यानमा ३ जना कैदी र छ जना थुनुवा रहेको छन् ।
    यसैगरी ज्यान मार्ने उद्योगमा २० जना थुनुवा, हातहतियार खरखजहना मुद्धामा ३ जना, खुन डाकामा १ जना कैदी र २ जना थुनुवा, बहुविबाहमा ५ जना कैदी र ५ जना थुनुवा, अपहरण तथा शरिर बन्धकमा २ जना कैदी र ११ जना थुनुवा, ठगीमा २ जना कैदी र ९ जना थुनुवा, कुटपीटमा २ जना कैदी र २ जना थुनुवा, सार्वजनिक अपराधमा ३ जना थुनुवा, भ्रष्टाचारमा १ जना कैदी, सवारी दुघटना अंगभंग मुद्धामा ८ जना थुनुवा रहेका छन् ।
    यसैगरी बैंकिक कसुरमा १ जना कैदी र २ जना थुनुवा , गालि बेइज्जतिमा १ जना कैदी, राजस्व चुहावटमा ५ जना थुनुवा, अन्तराष्ट्रिय कलवाइपासमा १ जना थुनुवा, किर्ते जालसाझीमा ४ कैदी र १ थुनुवा , विदेशी मुद्रा ओसारपसार १ जना थुनुवा, ओखेटो प्रहारमा ३ जना थुनुवा, गैडाको खाग ओसारपसारमा ६ जना थुनुवा, दाईजोमा २ जना थुनुवा, सार्वजनिक शान्ति विरुद्धको कसूरमा २ जना थुनुवा र १ जना कैदी रहेका छन् । जेलमा महिलाको संख्या एक जना पनि छैन ।
    विक्रम सम्बत १९९० सालमा स्थापना भएको भैरहवा स्थित जेल एक विगाह ७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । भैरहवा बजारको विचोबिच भागमा रहेको उक्त जेलको थप क्षेत्रफल विस्तार गर्न पनि सकिदैंन ।
    यद्यपी स्थानिय नगरपालिका सिद्धार्थ नगरपालिका र रुपन्देही क्षेत्र नम्बर ३ का संघीय सांसद घनश्याम भुसालले भैरहवा जेललाई अर्को ठाऊमा जग्गा व्यवस्थापन गरी स्थानान्तरण गर्नेगरी कार्य प्रारम्भ गरेका छन् ।
    नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सो सम्बन्धमा संक्षिप्त प्रतिक्रिया दिदैं भने ‘हामीले प्रक्रिया शुरु गरेका छौं । नगरपालिकाको स्वामित्वमा रहेको ओमसतियामा स्थित वडा नम्बर ८ स्थित साढे ६ विगाह क्षेत्रफलको जग्गामा स्थानान्तरण गर्ने योजना छ । त्यहां जेल राखियो भने त्यो नेपालकै नमूना र आधुनिक जेल हुनेछ । जग्गा प्रयाप्त हुन्छ । ’
    ६ सय मिटर खुल्ला सिमाना रहेको कारागारको वरीपरी आवसीय बस्ती रहेकोछ । जेलको अधिकांश बाहिरको भागमा पर्खाल छैन । महिला बन्दिलाई पाल्पा कारागार पठाउने गरिएकोछ । जेल भनेको सुधार गृह हुनुपर्ने भनेर विश्वभर बहस चलिरहेको बेला भैरहवाको कारगारमा बन्दिहरुलाई भेडाबाखा्र जस्तै सानो कोठामा क्षमता भन्दा तेब्बर संख्यामा कोचेर राखिदां बन्दिहरुको मानव अधिकार समेत हनन भएकोछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.