लुम्बिनीखबर
भैरहवा, मंसिर । वैदिक सनातन धर्म सेवा समितिले नारायण स्थान मन्दिरलाइ सहयोग गरेको छ । समितीले मन्दिरलाई ४० थान कुशन गरेको हो ।

संस्थाको पूर्व अध्यक्ष मिना श्रेष्ठको सक्रियतामा बैदिक दिदी बहिनीहरुको सहयोगमा तयार पारिएको कुशन र कभर सहीत संस्थाको अध्यक्ष सिता पौडेलले नारायणस्थान मंन्दिर समितिका वरिष्ठ उपाध्यक्ष एवं सि.न.पा वार्ड न.७ का वार्ड अध्यक्ष भिमसेन कर्मचार्य र उपाध्यक्ष माधवी शर्मा वाग्ले लाई हस्तान्तरण गरेका हुन् ।
उक्त हस्तान्तरण कार्यक्रममा समाज सेवी तथा मर्निङ्गवाक ग्रुपका अध्यक्ष ओमकार गौचन, नारायणस्थान मंन्दिरमा वरिष्ठ उपाध्यक्ष भिमसेन कर्मचार्य र उपाध्यक्ष माधवी शर्माले जानुका भट्टराईले जनाईन् ।