logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    तलबको विषयलाई लिएर बुबासँग विवाद, गेष्टहाउसबाट जंगल लगेर प्रयासको हत्या


    १४ मंसिर २०७५ , शुक्रबार

    तलबको विषयलाई लिएर बुबासँग विवाद, गेष्टहाउसबाट जंगल लगेर प्रयासको हत्या

    काठमाडौं । स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार सार्कीले केही दिनदेखि बाबु प्रविणसँग तलबको विषयलाई लिएर विवाद गर्दै आएको र आवेगमा आएर बालकको हत्या गरेर शव एक कल्र्भटमा फालेको अवस्थामा भेटिएको हो ।

    काठमाडौंको बालाजुबाट २ दिनअघि प्रयास अपहरणमा परेका थिए ।अपराध महाशाखाले विज्ञप्ति जारी गरी बालक अपहरणपछि हत्याबारे संक्षिप्त जानकारी दिएको छ । विज्ञप्तिमा परिवारका सदस्य नभएको मौका छोपेर सार्कीले गेस्ट हाउसबाट बालकलाई चकलेट खान दिई फकाए होटलकै गाडीमा लगेका थिए ।

    प्रहरी अनुसन्धानमा सार्कीले गेष्ट हाउसबाट फकाएर बालकलाई चकलेट खान दिएर होटलकै गाडीमा राखेर मित्रनगरस्थित डिआर फेन्सी स्टोर र नजिकैको अर्को कपडा पसलबाट २ वटा प्लाष्टिकको जेब्रा झोला किनेर लगेको एसएसपी सिंहले बताए ।

    ‘प्रहरी अनुसन्धानमा सार्कीले ६ः४५ बजे बालकलाई नागार्जुन जंगलमा लगी गाडीभित्रै बालकको नाकमुख तथा घाँटी थिचेर हत्या गरेको हो,’ एसएसपी सिंह भन्छन्, ‘हत्यापछि बालकको शवलाई किनेर लगेको जेब्रा झोलामा राखी सामाखुसी खोलामा फ्याँकेको हो ।’

    बालकको हत्या गरेका उनै कार्कीले होटल फर्की मृतक बालकको बुबालाई भेटेर बालकको खोजीकार्य गर्न सहयोग समेत गरेका थिए । सार्कीले अपहरणपछि बालकको हत्या स्वीकार गरिसकेका छन् ।

    प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । यसअघि केही महिना पहिले काठमाडौँ पेप्सीकोलामा एक बालकको अपहरणपछि हत्या भएको थियो । ratopati bata

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.