logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    गृहमन्त्री थापालाई उत्तरकोरिया भ्रमणको निम्तो


    १४ मंसिर २०७५ , शुक्रबार

    गृहमन्त्री थापालाई उत्तरकोरिया भ्रमणको निम्तो

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

    आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेका राजदूत हकलाई गृहमन्त्री थापाले नेपालमा उनको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।

    राजदूत हकले आफनो कार्यकालमा नेपाल र उत्तर कोरियाबीच सम्बन्ध विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले धन्यवाद समेत व्यक्त गरे ।

    भेटमा राजदूत हकले आफ्नो नेपाल बसाई सुःखद रहेको बताउँदै नेपाल र उत्तर कोरियाको सम्बन्धलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिए । उनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो समेत दिएका छन् । ratopati bata

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.