अस्लम खान
मर्चवार, १६ मंसिर । जिल्लाका दक्षिण क्षेत्र मर्चवारको समरीमाई गाउँपालिकाका प्रमुख बव्लु शुक्लाले स्थानिय निकायमा रहेका विभिन्न स्वास्थ्य चौकी तथा बिद्यालहरुको अनुगमन गर्दा ठग कर्मचारी त्रसित बनेका छन् ।
प्रमुख शुक्लाले आफ्नो गाउँपालिकामा रहेका सामुदायिक बिद्यालय, निजि क्षेत्र बाट सञ्चालिन बिद्यालयहरु र स्वास्थ्य चौकीहरुमा अनुगमन गर्दा धेरै कर्मचारीहरु अनुपस्थित हुनुका साथै जिम्मेवार नदेखिएको गाउँपालिकाको कार्यालयले बताएको छ ।
अनुपस्थित हुने कर्मचारीहरुलाई कार्बाही गर्नुका साथै हाजिर रजिष्टरमा रातो लगाईएको गाउँपालिकाको सूचना शाखाले जानकारी दिएको छ ।
अनुगमनका क्रममा स्थानिय क्षेत्रमा सञ्चालित यस्ता स्थास्थ्य चौकी र बिद्यालयहरुका समस्याहरुका बिषयमा समेत छलफल तथा समाधानका प्रयास गरिएको छ ।
स्कुलहरुमा भवन पुराना, शौचालयहरु फोहोर, अव्यवस्थित कक्षा कोठाहरु रहेको पाईएकाले गाउँपालिकाले पंखा तथा बिद्युत र बेञ्चहरु व्यस्थापनका सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।
गाउँपालिका प्रमुख शुक्लाले निरिक्षणका क्रममा शिक्षक तथा स्वास्थ्य कर्मीहरुलाई जिम्मेवार भएर सेवाका लाग्न समेत निर्देशन दिएका छन् ।

मर्चवार क्षेत्रका बिद्यालय तथा अस्पतालहरु जिल्लामा नै अव्बल हुनुपर्ने र गुणस्तरियतामा सबैले ध्यान दिनुपर्नेमा समेत कर्मचारीहरुलाई सुझाव दिए ।
जनता माझ लोकप्रिय नेताका रुपमा परिचित प्रमुख शुक्ला अहिले स्थानिय जनताका घरदैलोमा पुगेर समास्या पहिचान गर्ने र समाधानको बाटो निरन्तर लागेका छन् ।