logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    निर्धनले दियो ८ लाख बढि बिमा रकम


    १६ मंसिर २०७५ , आइतबार

    निर्धनले दियो ८ लाख बढि बिमा रकम

    कमल रायमाझी
    भैरहवा, १६ मंसिर । निर्धन उत्थान बैंक भैरहवा शाखाले दुर्घटनामा मृत्यु भएकी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ की बन्दना चौधरीको परिवारलाई बिमा बापतको ८ लाख ३४ हजार रुपैया आईतवार हस्तान्तरण गरेको छ ।


    बैंककी ग्राहक चौधरीलाई कर्जा बिमा अन्तरगत यो रकम हस्तानतरण गरिएको बैंकका सञ्चालन टोप बहादुर रायमाझीले बताए ।
    हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक रायमाझीले ग्राहकको सुरक्षा तथा उसको मृत्यु भएका शोकमा डुबेको परिवारका लागी बैंकले बिमाको प्रद्धती लागु गरेको बताउदै बिमा बापतको रकम हस्तान्तरण गरेको जानकारी दिए ।
    स्कुटी दुर्घटनामा मृत्यु भएकी चौधरीका दुई छोरि मध्य जेठी छोरिलाई यो रकम हस्तान्तरण गरिएको हो ।


    गरिबको उत्थानका लागी स्थापना भएको निर्धन उत्थान बैंकले ग्रामिण क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा सुविधा प्रदान गर्दै आएको जनाउदै हस्तान्तरण कार्यक्रममा बैंकका क्षेत्रिय प्रबन्धक शम्भु न्यौपानेले स्थानिय क्षेत्रमा अझ गोलवन्द भएर निर्धनको सदस्य बन्न सबैमा अनुरोध गरे ।


    बैंकका भैरहवा प्रवन्धक निरज सिंह कुवंर, लेखापाल शंकर पाण्डे र बैंकका साहयक बासुदेव शर्माको समेत हस्तान्तरण कार्यक्रममा उपस्थित रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.