भैरहवा, मंसिर ।
सिटी डेण्टल केयर सेन्टर लुम्बिनीरोड भैरहवाको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित खुनगाईमा एक दिने निःशुल्क दाँत तथा मुख परीक्षण शिविर सम्पन्न भएको छ ।
खुनगाइ स्थित श्री बुद्ध आदर्श मा.वि.को प्रांगणमा भएका शिविरमा २ सय बढीको दाँत तथा मुख परीक्षण गरिएको थियो ।
डा.शिवानी गुप्ताको नेतृत्वको टोलीले स्थानीयवासीको दाँत तथा मुख परीक्षण गरेको थियो । टोलीमा सरु थपा, सन्त कुमार कुर्मी र मन्जूर अहमदको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक निरज श्रीवास्तवको अध्यक्षता, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख शंकर पोख्रेलको प्रमुख आतिथ्यता, समाजसेवी दीपक चौधरीको विशिष्ट आतिथ्यता, गुलाब चन्द गुप्ता, अम्रिक चौधरी लगायतको आतिथ्यता तथा सञ्जय कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।