logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    बिद्यालय सहयोगमा जुट्यो लेडिज सर्कल


    २१ मंसिर २०७५ , शुक्रबार

    बिद्यालय सहयोगमा जुट्यो लेडिज सर्कल

    कमल रायमाझी
    भैरहवा, २१ मंसिर । लेडिज सर्कल नेपालले अमरी आधारभुत बिद्यालय लुम्बिनीको जिर्ण भवन निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागी सहयोग गर्ने भएको छ ।

    लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर ४ मा रहेको उक्त स्कुलको भवन पुरानो र भत्किने अवस्थामा पुगेको जानकारी पाएपछि सर्कल नेपालले सहयोग गर्ने प्रतिबद्धता गरेको हो ।


    स्कुलको भवन तथा शैक्षिक सुधारमा सहयोग गर्ने अभियान स्वरुप लेडिज सर्कल नेपालले शुक्रवार भैरहवामा एक कार्यक्रम गरि स्थानिय समाजसेवी, राजनितिज्ञ, पत्रकार तथा बुद्धिजिबिहरुको उपस्थितमा स्कलका प्रधानाध्यापक गंगाराम विश्वकर्मा संग स्कुलको ३ कोठे भवन र शौचालय निर्माणमा सहयोग पुराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिबद्धता अनुसार आफ्नो अभियानलाई अगाडी बढाउनका लागी लेडिज सर्कल नेपालले चिठ्ठा कार्यक्रम मार्फत रु २० लाख २९ हजार रुपैया नगद संकलन गरेको समेत लेडिज सर्कल नेपालकी अध्यक्ष आरती अग्रवालले जानकारी दिईन ।

    संकलित रकम स्कुलको भौतिक संरचना निर्माण र शैक्षिक बिकासमा खर्च गरिने समेत सर्कल नेपालकी अध्यक्ष अग्रवालले बताईएकी छिन ।


    चिठ्ठामा पहिलो पुरस्कार बेलबासेलाई
    प्रदेश नम्बर ५ का प्रदेश सदस्य सन्तोष पाण्डेको प्रमुख आथित्यतामा लेडिज सर्कल नेपालले बिद्यालय भवन निर्माणका लागी सञ्चालन गरेको चिठ्ठा अभियानको विट मार्दै शुक्रवार चिठ्ठा खोलेको छ ।


    खोलिएको चिठ्ठा अन्तरगत काठमान्डौका पुनहरी बेलवासेलाई पहिलो पुरस्कार ४० इन्चको साम्शुङ स्मार्ट एलइडी टेलिभिजन र मैत्री हार्डवेयर काठमान्डौलाई दोस्रो पुरस्कार ल्यापटप परेको लेडिज सर्कल नेपालले जानकारी दिएको छ ।
    तेस्रो पुरस्कार भैरहवाका बिष्णु शर्मालाई साम्शुङ ग्यालिक्सी ए६ मोवाईल, चौथो पुरस्कार स्पिकर विष्णु अग्रवाललाई परेको छ । पाँचौ र छैठौ पुरस्कार स्पिकर भगवती रोडलाईनस र सातौ पुरस्कार मिक्चर आशा मल्टीपल ट्रेडर्सलाई परेको आयोजकले बताएका छन् ।

    नबौ र दशौ पुरस्कार राजिब मिश्र र विष्णु अग्रवाललाई परेको लेडिज सर्कल नेपालले जानकारी दिएको छ । एघारौ र बाह्रो पुरस्कार बिष्णु अग्रवाल र अंकिता ट्रेडर्स काठमान्डौलाई परेको रबि रञ्जन कुमारले जानकारी दिए ।
    राफल चिठ्ठा खोल्ने कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवाल, समाजसेवी नारायण अग्रवाल, लुम्बिनी सास्कृती नगरपालिकाकी उपप्रमुख जानकी देबी श्रीवास्तब, गौरब अग्रवाल,हेमन्त अग्रवाल, नन्दलाल गोयङका, रोहित अग्रवाल, मोहित अग्रवाल, रिषि अग्रवाल, श्यामल झा, मनिष रुङगटा लगाएतको उपस्थित रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.