logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    प्रदेश ५को प्रदेश सभाको हिउदे अधिवेशन शुरु


    २७ मंसिर २०७५ , बिहिबार

    प्रदेश ५को प्रदेश सभाको हिउदे अधिवेशन शुरु

    लुम्बिनीखबर
    बुटवल ।
    प्रदेश नम्वर ५ को प्रदेश सभाको हिउदे अधिवेशन बुधबारदेखि शुरु भएकोछ । गत साउनमा अधिबेशन अन्त्य भएपछी ४ महिना सम्म सुरु हुन नसकेको अधिबेशन बुधबार दिउसो १ बजे शुरु भएको हो ।

    कानुन निर्माणमा केन्द्रित हुने अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ । पहिलो दिनको बैठकमा समेत २ वटा बिधेयक पेश भएका छन् ।
    प्रदेश नम्वर ५ जाच बुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्वन्धमा व्यवस्था गर्न बनेको बिधियक एवं प्रदेश नम्वर ५ संघ सस्था दर्ता सम्वन्धमा व्यवस्था गर्न बनेको बिधियक पेश भएका हुन् ।
    सोमवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २ वटा बिधियक पेश गर्ने सहितको ६ बुदे कार्यसुचि तय गरेको हो ।
    यसैबिच प्रदेश सभा सचिवालयले हिउदे अधिबेशनको प्रदेश सभा सचिवालयले तयारी तिब्र पारेको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ वटै दललाई संसदीय दलको कार्यालय उपलब्ध गराउन प्रदेश सभासंगै रहेको नेपाल मानव सेवा धर्मको सभामा पार्टेसनको काम पुरा गरी फर्नि्सिगं सुरु गर्दै छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल नेकपा, प्रमुख बिपक्षी दल नेपाली काग्रेस सहित मधेशी जनाधिकार फोरम नेपाल, राष्टिय जनमोर्चा र राष्टिय जनता पार्टीलाई संसदीय दलको कार्यालय उपलब्ध गराइने छ । त्यस्तै प्रदेश सभा सदस्यहरुको अध्ययनका लागि प्रदेश सभा नजिकै रहेको महिला जेसिजको भवनमा पुस्तकालय समेत तयार गरीदै छ । पुस्तकालयमा फर्निचरको काम सकिएको सचिवालयले छ । प्रदेश सभाको बैठक बस्ने समयमा कुनै आवश्यक छलफल गर्नुपर्ने भएका बस्नका लागि मुख्यमन्त्रि शंकर पोखरेलको कार्यकक्ष प्रदेश सभा सचिवालयको भुई तलामा तयार गरीदै छ । भुई तला केही दिन अघि मात्रै प्रदेश सभालाई दिएर बुटवल उद्योग वाणिज्य संघ बालमन्दिरमा सरेको छ । त्यही भुई तलामा प्रमुख प्रतिपक्षी दलका नेताको कार्यकक्ष
    बनाईसकीएको छ । भुई तलाको आधा भागमा सचिवालयका बिभिन्न शाखा राखिसकिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.