भैरहवा, मंसिर २७ । रुपन्देहीमा गोरु तस्करहरु फेरी सलबलाउन थालेका छन् । जिल्लाको लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर ६ मोहसड गाउको बगैचा र सोही वडाको तरकुल्लाहको खाली जग्गाबाट रातको समयमा गोरुहरु ट्रकमा हालेर लैजाने गरेको स्थानिय बासिन्दा बताउंछन् ।
दुई तिन दिनसम्म भारतका विभिन्न ठाउबाट गोरुहरु खरिद गरेर तस्करहरुले नेपालमा ल्याउने र ट्रकमा लोड गरेर अन्यत्र पठाउने गरेको स्थानियबासीहरुले बताउने गरेका छन् ।
स्थानिय सञ्चारकर्मी बिन्दु चोहानले भन्नुभयो, ‘राती १२ बजेपछि गोरु लोड गरेर लैजान्छन् । यो कार्य पुलिसलाई पनि थाहां छ । यहां सम्मकी क्वारेन्टाइनका मान्छे समेत यहि आएर नक्कली काममा सक्कली कागज बनाईदिन्छन् । ’
विगतका दिनहरुमा हुने गोरु तस्कर केहि समय देखि रोकिए पनि अहिले धमाधम हुने गरेको बताउदै सञ्चारकर्मी चोहानले लुम्बिनी क्षेत्रलाई गोरु तस्करको ट्रान्जिट बनाइएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।
यो क्षेत्रको गोरु तस्करीको चैन पनि गज्जबको देखिएको छ । विरगन्जका नुनु मुसलमानको नेतृत्वमा भईरहेको उक्त कार्यमा रुपन्देहीका दीपक शाही सक्रिय छन् । दीपकको टिमलाई सोही वडा नम्बर ६ का मकसुद मुसलमान र अजयमुल्लाह बन्जारा तथा महजदीयाका दिननाथ यादवले सहयोग गरिरहेका स्थानियहरुले बताउछन् ।
स्थानिय रुपमा इलका प्रहरी कार्यलयबाट सूचना संकलनको लागी खटाईएका प्रहरी विश्राम चौधरी र तुलसीराम यादवले सेटिंगको जिम्मा लिएका छन् ।
सो सम्बन्धमा इलका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शंकर पोखरेललाई बुझ्दा उहाँले विश्राम र तुलसीराम आफ्नो कर्मचारी भएको स्वीकादैं गोरु तस्करीको सम्बन्धमा भने अनविज्ञता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो , ‘पहिले दुई तिन पटक थाहा पाएर भन्सार पठाएको हो । अहिले भएको थाहा छैन । ’
अहिले पनि रातिमा भारत बाट ल्याइएका गोरुहरु बगैचामा बाधेर राख्ने र रातारात काकडभिट्टा नाका हुदैं बंगाल पठाउने गरिएको छ ।
रुपन्देहीमा गोरु तस्करी नौलो विषय होईन तर अपराध अनुसन्धानमा ख्याती प्राप्त एसपी हृदय थापा र डिएसपी कुमुद ढूंगेलको जोडीले जिल्लाको कमाण्ड सम्हालीरहेको बेला पनि गौरु तस्करहरु निर्धक्क तस्करीमा क्रियासीलता देखाईरहने र प्रहरी कर्मचारीले नै उनीहरुलाइ सहयोग गरिरहेको देख्दा रुपन्देहीबासी समेत आश्चर्यमा परेका छन् ।