logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लागु औषधको लतमा सम्पन्न शालीका छोराछोरी धेरै


    १ पौस २०७५ , आइतबार

    लागु औषधको लतमा सम्पन्न शालीका छोराछोरी धेरै

    नरेश के.सी.
    भैरहवा, पुस  । रुपन्देही प्रहरीले यहि मंसिर २७ गते नवलपरासी रामग्रामका दुर्गा प्रसाद चौधरीलाई स्याउको कार्टुनभित्र स्याऊले ढाकेर लैजादैं गरको अवस्थामा लागु औषध सहित सिद्धार्थनगरपालिका वडा नम्बर ४ गल्लामण्डीबाट पक्राउ परे ।

    खोजतलासीको क्रममा उनले बोकेको स्याउको कार्टुनबाट प्रहरीले डाइजोपामा, एम्पुल, नुफीन, फेनारगन नामक लागु औषध बरामद पनि गर्यो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनी लागु औषधका सप्लायर्स भएको बुझिएकोछ । यसरी लागु औषध प्रयोगकर्ताले पछिल्लो समय प्रहरीलाई पनि छक्काउदैं ओसारपसारकोलागी  नयाँ  नयाँ उपाए अपनाउदैं गएको छ । दसगजा पारीको भारतीय बजार सुनौलि नौतनवाका औषधी पसलहरुमा खुलेआम लागु औषध पाइने हुदां प्रहरीलाई नाका सुधार्न चुनौति थपिएको बेला ओसापसार कर्ताले नयाँ  नयाँ  उपाए अपनाउदा प्रहरीलाई हैरानी नै थपिदिएको छ ।
    रुपन्देहीको दसगजा पारी खुलेआम लागु औषध विक्रि वितरण हुने गर्दछ । प्रहरीको अनुसार सबैभन्दा धेरै लागु औषध सेवनकर्ता स्थानिय नभई बाहिरको बढी भएको देखिएको छ । प्रहरीका अनुसार काठमाण्डौं, नारायणगढ, धादिंग , पोखरा क्षेत्रका युवायुवति लागु औषधको लतमा बढी फसेको देखिएको छ । रुपन्देही प्रहरी प्रमुख हृदय थापा भन्छन्, ‘लागु औषध आफैमा महंगो चिज भएको हुदां यसको प्रयोग कर्ता पनि सम्पन्नशाली परिवारका सदस्य रहेको देखिएको छ । ’ प्रहरीका अनुसार आर्थिक हिसाबले सम्पन्नशाली तर बुबाआमाको रेखदेखबाट बाहिर रहेकाहरु लागु औषधको लतमा फसेका छन् ।
    रुपन्देहीमा लागुऔषधको मुद्धा घट्यो
    जिल्ला प्रहरी कार्यलय रुपन्देहीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२। ०७३ देखी चालु आर्थिक वर्षको मंसिर मसान्त सम्मको मुद्धा संख्या र पक्राउ संख्या घट्दै गएको देखिएको छ ।
    प्रहरीको चार वर्षिय तथ्यांकलाई केलाउदा आर्थिक वर्ष ०७२।०७३ मा लागु औषध सम्बन्धि ३ सय २८ वटा मुद्धा दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा ४ सय ७० जना पक्राउ परेका थिए । यसैगरी आर्थिक वर्ष ०७३।०७४ मा ४ सय ९ लागु औषध मुद्धा दर्ता भएका थिए भने ५ सय ८१ जना पक्राउ परेका थिए । यसैगरी आर्थिक वर्ष ०७४।०७५ मा मुद्धा ३ सय २५ छ भने पक्राउ संख्या ४ सय ८१ रहेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म ९७ वटा मुद्धा दर्ता भईसकेका छन् भने अहिले सम्म १ सय ५१ जना पक्राउ परेका छन् । प्रहरीको सक्रियताले सीमा क्षेत्रबाट हुने लागु औषध ओसार पसार र प्रयोगकर्ताको संख्या घटेको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए । तर पनि जिल्ला प्रहरी कार्यलयको हिरासतमा ९० प्रतिशत थुनुवा अझै पनि लागु औषध मुद्धाकै रहेका छन् ।
    सीमा क्षेत्रमा लागु औषध सेवनकर्ता र ओसारपसार गर्नेको संख्या बृद्धि हुदैं गएपछि ०७४ माघ ८ देखी लागु औषध नियन्त्रणकोलागी सीमानाका बेलहियामा दैनिक रुपमा नेपाल प्रहरी र स्थानिय संघसंस्थाले संयुक्त रुपमा अभियान नै सन्चालन गरिरहेका छन् । भर्खरै सरुवा भएर गएका इलका प्रहरी कार्यलय बेलहियाका प्रहरी निरीक्षक बिरबहादुर थापाको नेतृत्वले बेलहियामा लागुऔषध नियन्त्रणमा उल्लेखनीय काम गरेको बेलहियाका स्थानिय बासिन्दा डा. शान्तकुमार शर्माले जनाए । नेपाल भारत मैत्री समाजका अध्यक्ष समेत रहेका डा. शर्माका अनुसार सीमापारीको प्रहरी प्रशासन र नागरिकसंग मिलेर लागु औषध सम्बन्धमा जनचेतना फैलाएमा प्रभावकारी हुनेछ ।
    प्रहरीले सीमा क्षेत्रमा विशेष अभियान नै सन्चालन गरेको थियो । सोही अभियानको प्रतिफल लागु औषधको मुद्धा घटेको बुझिएको छ । अर्कोतर्फ रुपन्देही प्रहरीले विगतमा मात्राका आधारमा सुधार गृहमा पठाउने र मुद्धा चलाउने गर्ने गरेकोमा अहिले जत्ति सुकै सानो परिणाम भएता पनि मुद्धा चल्न थालेपछि यो दर घटेको हुन सक्ने बुझिएको छ ।
    दसगजापारी सुनौलि बजारमा रहेका समीर मेडिकल, किसान मेडिकल र अजमेरी मेडिकलले खुलेआम औषधीजन्य लागु पदार्थको विक्री वितरण गरिरहेका छन् । नेपाल भारत काउन्टरपार्ट बैठकमा लागु औषधको विषयमा नेपाली पक्षले जोडदार रुपमा सीमावर्ति क्षेत्रका मेडिकलमा लागु औषधको भईरहेको विक्रीवितरणमा रोकलगाउन माग गरेको भएता पनि त्यसको खासै सुनुवाई भएको छैन । यद्यपी भारतीय प्रहरीले ब्राउन सुगरको व्यापार गर्दै आएकालाई भने पक्राउ गर्नेगरेको छ । नेपालको कानुनमा लागु औषध उल्लेख भएता पनि भारतीय कानुनमा औषधी उल्लेख भएको हुदां सो को रोकथाममा कठिनाई देखिएको हो ।
    बेलहिया नाकामा लागु औषध नियन्त्रणकै लागी लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यलय भैरहवा प्रहरी निरीक्षकको कमाण्डमा सन्चालित छ । सीभिलमा जिल्लाभरी खटिने यो टोलीको काम खासै प्रभावकारी देखिन सकेको छैन । उक्त टोलीले भन्दा प्रहरीको जिल्ला र इलका प्रहरी कार्यलय बेलहियाको रेकी टोलीले लागु औषध ओसार पसार र प्रयोग कर्तालाई बढी पक्रिने गरेको तथ्यांकले सिद्ध गरेको छ । रुपन्देही प्रहरीले कडाई गरेपछि लागु औषध प्रयोक कर्ताहरु कपिलवस्तु नाका तर्फ हानिएको बुझिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.