logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    दीप बोर्डिङमा उत्प्रेरणा कार्यक्रम


    ६ पौस २०७५ , शुक्रबार

    दीप बोर्डिङमा उत्प्रेरणा कार्यक्रम

    बुटवल, पुस । बुटवल – ८ सुख्खानगरमा रहेको दीप बोर्डिङमा  बिहिबार उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । कक्षा ९ र १० का करीव ३ सय विद्यार्थीहरुको लागि युवा उत्प्रेरक सृष्टि के.सी.ले सकारात्मक सोच र लक्ष्य निर्धारणका बारेमा जानकारी गराउनुभएको थियो ।


    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीहरुमा कितावी ज्ञानका अलावा जीवन परिवर्तन गर्न सक्ने सीपको विकास होस भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको बताउनुभयो ।
    कार्यक्रममा शिवशक्ति आचार्य, वान्टी जी लगायतले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने प्रवचन दिनुभएको विद्यालयका उपप्राचार्य कलाधर अर्यालले जानकारी दिनुभयो ।
    कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.