logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    प्रदेश ५ मा महिला र बालबालिकाको अधिकार हनन


    ६ पौस २०७५ , शुक्रबार

    प्रदेश ५ मा महिला र बालबालिकाको अधिकार हनन

    लुम्बिनीखबर
    बुटवल , पौष । प्रदेश नं ५ मा महिला र बालबालिको मानव अधिकार हनन भएको एक प्रतिवेदनले देखाएको छ ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. ५ को आयोजनामा ‘प्रदेश नं. ५ को मानव अधिकार अवस्था र सरोकारवाला निकायको भूमिका विषयक विचार गोष्ठि’ मा इन्सेक प्रदेश नं. ५ का संयोजक भोला महतले प्रदेश ५ को मानव अधिकार अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै महिला र बालबालिका बढी पीडित भएको जनाए ।सो अवसरमा प्रमुख अतिथि मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले संविधानमा आवास, रोजगारी, खाद्य सम्प्रभूताको ग्यारेन्टी लगायतका धेरै अधिकार उल्लेख भएको बताउँदै प्रदेश सरकार मानव अधिकारप्रति सचेत रहनुपर्ने बताए ।
    इन्सेकका अध्यक्ष डा.इन्दिरा श्रेष्ठले मानव अधिकारमैत्री कानून निर्माणमा प्रदेश सरकारसँग सहकार्य गर्न चाहेको बताउँदै सभ्य र मर्यादित समाज बनाउनु पर्नेमा जोड दिइन् । पछिल्लो समयमा महिला र बालबालिका बढी प्रताडित भएको हुँदा आगामि दिनमा यस्ता घटना हुन नदिन प्रदेश सरकारले ठोस योजना बनाउनु पर्ने उनले सुझाव दिइन् । कानून मस्यौदा समितिका संयोजक डा. कुमार शर्मा आचार्यले आफूलाई यो ठाउँमा आउन इन्सेकले महत्वपूर्ण सहयोग गरेको बताउँदै मानव अधिकारमैत्री कानून निर्माणका लागि सचेत रहेको बताए । गैर सरकारी संस्था महासंघकी केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले संविधान कार्यान्वय भएमा मात्र नागरिले अधिकार पाउने कुरामा जोड दिइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.