logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    करेन्ट लागेर नेपाल आइडल रवि ओडकी आमाको मृत्यु


    ११ पौस २०७५ , बुधबार

    करेन्ट लागेर नेपाल आइडल रवि ओडकी आमाको मृत्यु

    दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ।
    घरबाट उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा विष्णाको बाटोमा नै मृत्यु भएको अस्पतालमा कार्यरत प्रहरी हवलदार अम्बादत्त जोशीले जानकारी दिए।


    कञ्चनपुरको कृष्णापुर नगरपालिका–५ निवासी विष्णा पानी तान्ने मोटर चलाउने क्रममा करेण्ट लागेको उनले बताए। उनका अनुसार कृष्णापुर–५ बाट सेती अञ्चल अस्पताल कैलाली आउन १ घण्टा लाग्छ ।
    करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षीया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो।
    सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्याउँदा ओडको मृत्यु भइसकेको थियो।
    बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएको थियो।
    आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन्।
    रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो। setopatibata

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.