logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लागुऔषध सहित १० जना पक्राउ


    १२ पौस २०७५ , बिहिबार

    लागुऔषध सहित १० जना पक्राउ

    लुम्बिनीखबर
    बुटवल, पौष । ईलाका प्रहरी कार्यालय बुटवलले लागु औषध सहित बुटवलबाट १० जना पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा ३ जना महिला र ७ पुरुष रहेका छन् ।


    बुटवल उपमहानगरपालिका वडा न.९ बसपार्कमा चेकजाच गर्दा स्याङजा जिल्ला वालिङ नगरपालिका वडा न.८ बस्ने वर्ष २१ की सुनिता खड्का र खोटाङ जिल्ला डिक्टेल नगरपालिका वडा न.३ बस्ने वर्ष २४की ममता राई साथबाट टु एम आईका नुफिन १८ वटा,डाईजेपाम १८,फेनारागन १८ एम्पुल्स बरामद गरेको हो ।
    यस्तै उनीहरुलाई सोधपुच्छ गर्दा उक्त लागुऔषध नवलपरासी जिल्ला रामगा्रम नगरपालिका वडा न.२ बस्ने वर्ष कह्२४का सुदिप कुमार केवट संग खरिद गरेको खवर पाए संगै केवट संग प्रहरीले खानतलास गर्दा उनको साथबाट ना १३ प ३६३५ नम्बरको स्कुटर सहीत टु एम आईका नुफीन ३२,डाईजेपाम ३२,फेनारागन ३२ र नगद ३ हजार सहीत उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए ।
    यस्तै प्रहरीले बुटवल वडा न.१० औद्योगिक क्षेत्रबाट लु ३९ प ८२५ नम्बरको स्कुटीलाई जेकजाँच गर्दा जेकजाँच गर्दा बुटवल वडा न.२ बस्ने वर्ष २१ की सुना कुवर, र सोही ठाउँ बस्ने वर्ष २२ की सलिना थापाको साथ बाट १३ ग्राम ३० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
    यता बुटवल उपमहानगरपालिका वडा न.७ सिद्धेश्वर खेलकुद मैदानबाट २० गाँजा सहीत ५ जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा सोही ठाउका असमान थापा, राहुल गौतम, वडा न.८ का दिलन राना, शुसिल ढुङगाना र वडा न.९ का प्रदिप पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.