logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मगरसंघको जिल्ला अधिबेशन


    १६ पौस २०७५ , सोमबार

    मगरसंघको जिल्ला अधिबेशन

    लुम्बिनीखबर
    भैरहवा, पौष । नेपाल मगर विद्यार्थी संघ रुपन्देहीको १४ औं जिल्ला अधिवेशनको शनिबार एक कार्यक्रमका बीच बुटवलमा उद्घाटन गरिएको छ । नेपाल मगर विद्यार्थी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विष्णु थापाले अधिवेशनको उद्घाटन गरेका हुन् ।


    कार्यक्रमको उद्घाटन् गर्दै उहाँले विद्यार्थीहरु देशको सम्पती भएको बताउँदै विद्यार्थीले शिक्षा हाँसिल गरेपछि देशभित्र सम्मानका साथ इलम गर्ने वातावरण बनाउने दायित्व राज्यको भएको बताए । विद्यार्थीहरुले शैक्षिक जागरण फैलाउने काम भएको बताउँदै मगर विद्यार्थीहरु भने आफ्नो पहिचानको लागि पनि काम गर्नुपर्ने बाध्यता रहेको औलाए ।
    नेपाल मगर विद्यार्थी संघ जिल्ला समितिका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दल बहादुर वीरकट्टा, आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सनु थापा, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका कार्यबाहक अध्यक्ष बसन्ती साठिघरे, मगर संघ सैनामैनाका उपाध्यक्ष नीर पुलामी, नेपाल मगर विद्यार्थी संघ गुल्मीका उपाध्यक्ष कमल काउचा, पाल्पाका सचिव सीता रास्कोटी, एक्सिस बोर्डिङ्ग स्कुल बुटवलका प्राचार्य सिवि थापा लगायतले बोल्दै देश परिवर्तन र सामुदायिक पहिचानका लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने कुरा बताए ।
    उपाध्यक्ष दीपक दर्लामीको स्वागत तथा सचिव बशुन्धरा पेमीमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने नेपाल मगर विद्यार्थी संघ, रुपन्देहीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.