असलम खान
मर्चवार । सीमा क्षेत्रमा हुने अपराधीक गतिविधी र चोरी निकासी पैठारी रोक्न नेपाल भारत दुइदेशीय सुरक्षा निकायको एकिकृत सुरक्षा गस्ती भइरहेको छ ।

भारतको सीमा सुरक्षा बल एसएसबी र नेपालको शसस्त्र प्रहरी बलको संयुक्त गस्तीले सीमा क्षेत्रमा सुरक्षा दिइरहेको हो । मंगलबार मर्चवार स्थित शसस्त्र प्रहरी बल बोगडीका प्रहरी निरीक्षक अपार प्याकुरेल र भारतीय एसएसबी कमान्डर रघुनाथ शर्माका् संयुक्त टोलीले चन्नीघाट, खैराघाट क्षेत्रमा गस्ती गरेका थिए ।
गस्तीका क्रममा उनीहरुले नेपाल भारत सीमा क्षेत्र छुट्टाउने सीमा स्तम्भहरुको समेत निरीक्षण गरेका थिए । सीमा स्तम्भ नं ५२७ , ५३१, ५३८ र ५२९ नं को निरीक्षण गरेका थिए । दुई देशीय सुरक्षाकर्मिको संयुक्त टोलीले सीमा क्षेत्रको सुरक्षा गस्ती गर्दा सीमा अपराध न्यूनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक प्याकुरेलले बताए । सीमा क्षेत्रमा संयुक्त गस्ती निरन्तर भईरहने भारतीय सुरक्षा बल एसएसबीका शर्माले बताए ।