असलम खान
मर्चवार,२० पुस । जिल्लाको दक्षिण क्षेत्र मर्चवारमा गाउँपालिका सार्ने बिषयमा विवाद देखिएको छ ।
मर्चवारको मर्चवारी गाउँपालिका सार्नका लागी गाउँपालिका बोर्ड बैठकले हाल गाउँपालिका रहेको वार्ड नम्बर ३ रायपुर वाट वडा नम्बर ४ खैरा सार्ने निर्णय गरे संगै विवाद आएको हो ।सार्ने बिषयमा स्थानियहरुले विरोध गर्न थालेपछि गाउँपालिको कार्यालयमा आन्दोलन चर्किएको गाउँपालिको कार्यालयले बताएको छ । आन्दोलनमा उत्रिएका वडा नम्बर १,२ र ३ का बासिन्दाहरुले टायर बालेर आन्दोलन गरिरहेका छन् ।संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले मर्चवारीको गाउँपालिकाको केन्द्र रायपुर तोकेपनि बुधवार गाउँपालिको बोर्ड बैठकले कार्यालय सार्ने निणर्य गरेको स्थानियहरुले बताएका छन् । अहिले आन्दोलन गरिरहेका स्थानियहरुले गाउँपालिकाको कार्यालयमा घेराउ गर्दै तालाबन्दी गरेको स्थानिय मुरलिधर नाउले बताए ।
गाउँपालिका प्रमुख केशव नन्द वनियाले सबैको पाएक पर्ने ठाउमा कार्यालय सार्ने निणर्य बोर्डको सर्वसम्बत निणर्य भएकाले आन्दोलनले खासै फरक नपर्ने बताउदै जनताको पक्षमा काम गर्न आफुहरु जहाँ कार्यालय भएपनि तयार रहेको बताए ।