logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मर्चवारीमा भवन नबन्दै भयो लफडा


    २३ पौस २०७५ , सोमबार

    मर्चवारीमा भवन नबन्दै भयो लफडा

    बिन्दु कुमार चौहान/ असलम खान
    मर्चवार  पुस । स्वायत्त रुपमा रहेको स्थानिय सरकारहरुमा थरीथरीका विवाद हुने गरेका छन् । पछिल्लो समय जिल्लाको मर्चवारी गाउँपालिकामा गाउँपालिकाको भवन बनाउने ठाउको विषयमा विवाद शुरु भएको छ ।

    विवादले यति सम्म उग्र रुप लिएको छ की केही जनप्रतिनिधीहरु गाउँपालिकामा तालाबन्दी गर्ने र नाराबाजी समेत गरेका छन् । गाँउपालिकाले यसै आर्थिक बर्षमा एक करोड रुपैया कार्यालय भवन बनाउनका लागि बजेट बिनीयोजन गरेको थियो । हाल अस्थायी रायपुरबाट कार्यसन्चालन हुदैं आएकोमा गत बुधबारको बोर्ड बैठकको बहुमतले वडा नं ४ को खैरामा नयाँ भवन बनाउने निर्णय भएको थियो ।
    उक्त निर्णयको विरोध गर्दै वडा नं १ , २ र ३ का अध्यक्ष सहित स्थानियहरुले आन्दोलन गरेका हुन् ।
    ‘गाँउपालिका भवन बनाउन बोर्ड बैठकले केन्द्रको नीति बमोजिम सबै सुबिधा सम्पन्न भएको ठाँउ वडा नं. ४ को खैरा कर्बला स्थित पौने तीन बिगहा सार्बजनिक जग्गामा निर्माण गर्ने निर्णय गरेको हो । ’ गाउँपालिका अध्यक्ष केशबनन्द बानियाले लुम्बिनीखबरसंग भने ।
    सबैलाई पायक पर्ने ठाउमा व्यवस्थित ढंगले भवन बनाउन खोज्दा विरोध हुदा दुख ः लागेको गाउँपालिका उपाध्यक्ष सुनिता कलवारले बताईन् । यसै गरि लुम्बिनी साँस्कृतिक नगरपालिकामा पनि कार्यालय भवन बनाउन बिगत पाँच बर्ष देखि उत्पन्न जग्गा बिबादका कारण केन्द्रले पठाएको ढाई करोड रुपैया फिर्ता समेत भईसकेको खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.