logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    छाउगोठमा आगो लाग्दा अम्बा मृत्यु


    २६ पौस २०७५ , बिहिबार

    छाउगोठमा आगो लाग्दा अम्बा मृत्यु

    बाजुराको बुढीनन्दा नगरपालिकामा छाउगोठमा आगोलागी हुँदा एक महिलासहित उनका दुई छोराको मृत्यु भएको छ । बुढीनन्दा–९ अंगपानीको भुगेचौउरमा छाउगोठमा आगलागी हुँदा ३५ वर्षकी अम्बा बोहोरा र उनका दुई छोरा ९ वर्षका सुरेश तथा ७ वर्षका रमितको मृत्यु भएको हो ।


    बोहोरा मंगलबार बेलुका खाना खाएर घरसँगै जोडिएको टिनले छाएको साँघुरो छाउगोठमा सुतेकी थिइन् । उनीसँगै सुत्न दुई छोराहरु पनि गएका थिए । राति न्यानोका लागि छाउगोठमा बालिएको आगोका कारण उनीहरुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
    घटना रातिनै भएको भए पनि बिहान मात्रै थाहा भएको थियो । अम्बाकी सासुले बिहान बुहारीलाई चियाखान बोलाउन जाँदा घटना थाहा भएको हो । गाउँमा हिउँ परेको र जाडो निकै रहेकाले छाउगोठमा बसेकी अम्बाले आगो बालेकी थिइन् । साँघुरो छाउगोठ त्यसमाथि धुवाा निस्कने प्वाल नभएकाले उनीहरु निस्सासिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
    अम्बाको घरमा उनीसहित दुई छोरा तथा सासु–ससुरा थिए । उनका श्रीमान भने गएको मंसिरमा रोजगारीका लागि भारत गएको र घटना थाहा पाएपछि फर्किएका छन् । ekantipur bata

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.