logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    दोहोर भिडन्तमा मोष्ट वान्टेडको मृत्यु


    २९ पौस २०७५ , आइतबार

    दोहोर भिडन्तमा मोष्ट वान्टेडको मृत्यु

    कमल रायमाझी
    भैरहवा, २९ पुस ः प्रहरीको मोष्ट वान्टेड सुचिमा रहेका सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीका केदार साहनीको गएराती प्रहरी मुठभेडमा मृत्यु भएको छ ।


    जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० देशार पोल्ट्री फारम अगाडीको चोकमा साहनीको मृत्यु भएको प्रहरीको बिशेस उच्च स्रोतले जानकारी दिएको छ ।
    विगत दश बर्ष देखी जवरजस्ती फिरौती असुली, हातहतियार खरखजना र कर्तव्य ज्यान, शरिर अपहरण बन्दक मुद्धामा फरार अभियुक्त साहनी मारिएको रुपन्देही प्रहरीले दाबि गरेको छ ।
    पछिल्लो पटक विक्रम सम्वत २०७१ साल भदौ २७ गते सिद्धार्थनगर नगरपालिका ८ कैलास पथ निवासी ३८ बर्षिय आकास गुरुङ अपरण पछि असोज १२ गते हत्या गरेर फरार रहेका साहनी गएराती मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ह्रदय थापाले बताउनुभयो ।


    साहनीले गुरुङको अपरण पछि नवलपरासीको बर्दघाट नगरपालिका १० स्थित सामुदायिक वनमा लगेर १ करोड उनको परिवार संग फिरौती मागेको र नपाए पछि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक कुमोद ढुङगेलले जानकारी दिनुभयो ।
    स्थानियलाई हतियार देखाई त्रासमा राखेर आर्थिक असुली गर्ने साहनी विगतमा तराईका भुमिगत समुह संग आवद्ध थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.