logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भैरहवाबाट सरकारी कार्यलय हटाउन थालेपछि नयां शक्तिको विरोध


    १० माघ २०७५ , बिहिबार

    भैरहवाबाट सरकारी कार्यलय हटाउन थालेपछि नयां शक्तिको विरोध

    लुम्बिनीखबर
    भैरहवा, माघ । जिल्ला सदरमुकाममा रहेका रहेका कार्यलयहरु विनाकारण अन्यत्र सारिन थालेको छ । सिद्धार्थनगरमा प्रायाप्त भौतिक पुर्वाधार हुदाहुदैं महिनाको लाखौं रकम भाडा तिर्नेगरी अन्यत्र सार्न थालिएको भन्दै नया शक्ति पाटिले त्यसको कडा विरोध गरेको छ ।


    उक्त पाटिका नगर अध्यक्ष शोभाकान्त नेपालले भैरहवाका सरकारी कार्यलय मनोमानी ढंगले अन्यत्र सारिएको प्रति आपत्ति जनाउदैं तत्काल फीर्ता नगरे अनसन बस्ने समेत बताएका छन् । उनले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर मार्फत् मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाउदैं भनेका छन् , ‘भैरहवामा प¥याप्त सरकारी भवन हुँदाहुँदै प्रदेश सरकारले विभिन्न कार्यालयहरु बुटवल र तिलोत्तमा नगरपालिका भित्र भाडाका भवनमा स्थानान्तरण गर्नु न्यायोचित होइन । यसको हामी डटेर विरोध गर्दछौं । ’
    पार्टी सिद्धार्थनगर कमिटी अध्यक्ष नेपाल नेतृत्वको टोलीले भैरहवामा भवनहरु खाली हुँदाहुँदै मासिक लाखौं रुपैयाँ भाडा तिरेर कार्यालय सार्नु संघीयताको मर्म विपरीत भएको जनाएको छ । गएको असोज ६ गते प्रदेश पाँचको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशानलय भैरहवाको बर्मेली टोलमा रहेको साविक कृषि विकास कार्यालयको भवनमा उद्घाटन गरिएको थियो । मन्त्री आरती पौडेल, मन्त्रालयका सचिव लगायतको उपस्थितिमा स्थापना गरिएको निर्देशानलय तीन महिना नपुग्दै तिलोत्तमा नगरपालिका वडानम्बर २ र ३ मा भाडाको भवनमा सारिएको छ ।
    ‘भैरहवामा सरकारी स्वामित्वका धेरै भवनहरु छन् । तर, राजनीतिक स्वार्थ र दाउपेचमा यहाँबाट स्थानान्तरण गरी भाडाको भवनमा राखिएको छ’, अध्यक्ष नेपालले भने, ‘कार्यालय पूर्ववत स्थानमा संचालनमा नल्याए हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।’ उनले सरकारीस्तरबाट गरिएका यस्ता क्रियाकलापले संघीयताप्रति नै आम जनमानसमा वितृष्णा आएको जनाए । मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘भैरहवामा विगाहा क्षेत्रफलमा फैलिएका दर्जन बढी भवन छन्, तर ती भवनलाई बेवास्ता गरी भाडाको भवनमा कार्यालय संचालन गर्नु आर्थिक लाभको स्वार्थ पनि गाँसिएर हो ।’

    पार्टीकाले साविक कृषि विकास कार्यालयको स्वामित्वमा २ कठ्ठा जग्गामा ३ तल्ले कार्यालय भवन, ४ कठ्ठामा ४ वटा आवास भवन, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमको स्वामित्वमा ५२ विगाहा क्षेत्रफलमा १५ भवन, जिल्ला पशुसेवाको १९ कठ्ठा जग्गामा ५ भवन, पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियामा २ वटा भवन, क्वारेन्टाइन कार्यालयको २ वटा भवन, मत्स्य विकास केन्द्रको २३ हेक्टर जमिनमा १५ भवन, साविक जिल्ला डिमिजन शसकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भवन खाली हुँदाहुँदै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयकै संलग्नतामा षड्यन्त्रपूर्वक र आर्थिक लाभका लागि कृषि निर्देशनालय र पशुपंक्षी तथा मत्स्य निर्देशनालय तिलोत्तमा नगरपालिकामा निजी भवनमा भाडामा राखिएको भन्दै भत्र्सना गरेको छ ।

    माघ १५ गतेभित्र माग पुरा नभए चरणबद्ध संघर्षका कार्यक्रम गर्ने पार्टीले जनाएको छ । पार्टीका जिल्ला संयोजक किस्मत विकले भैरहवाको अस्तित्व नै मेटाउने गरी प्रदेश सरकारबाट भएको निर्णयविरुद्ध एक हुन स्थानीयबासीलाई अपिल गरे । ज्ञापन पत्र बुझ्दै प्रजिअ रानामगरले आफ्नो चाहना पनि भाडाका भवनमा भन्दा भैरहवामै खाली रहेका सरकारी भवनमा कार्यालयह रहून् भन्ने रहेको जनाए । उनले ज्ञापन पत्र मुख्यमन्त्री कार्यालयमा पठाउने जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.