logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    समरीमाई भेटिए ९६ मोतियाबिन्दू


    १५ माघ २०७५ , मंगलबार

    समरीमाई भेटिए ९६ मोतियाबिन्दू

    असलम खान
    मर्चवार, माघ । बत्तिमुनिको अध्यारो भने जस्तै छ मर्चवार । जहांका जनताले सहजै स्वास्थ्य, शिक्षाको उपयोग, उपभोग गर्न पाएका छैनन् । करिब २० किलोमिटरको दुरीमा रहेको भैरहवा क्षेत्रमा सुविधा सम्पन्न अस्पताल र कलेज भएता पनि यहांका जनताको लागी ती केबल आकाशको फल आखा तरी मर भने जस्तै भएका छन् ।


    विभिन्न संघसंस्थाले गर्ने सहयोग र सहकार्यले मात्रै यहांका जनताको वास्तविक भोगाई बाहिर आउने गरेको छ । त्यसै भएर विभिन्न संघसंस्थाले मर्चवार केन्द्रित विभिन्न कार्यक्रम पनि गर्ने गरेका छन् । यसैक्रममा नेपालकै प्रतिस्ठीत स्वास्थ्य संस्था लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका आखा अस्पताल भैरहवाले समरीमाई गाउपालिकाको सहकार्यमा उक्त गाउपालिकामा एकदिने आखा शिविर सम्पन्न गरेकोछ । उक्त शिवरमा २ सय ७६ जनाको आंखा चेकजाच गरिएको थियो । चेकजांचको क्रममा सहभागी भएका मध्ये ९६ जना मोतियाबिन्दू भएका विरामी भेटिएका छन् । मोतियाबिन्दू भएका विरामीलाइ थप उपचारकोलागी चिकित्सकले सल्लाह दिएको शिवीरका इन्चार्ज समिम खानले बताए ।
    चिकित्सकले मोतियाबिन्दूको अप्रेसनको सुझाब दिएको भएता पनि आर्थिक अभावको कारण कयौंले थप उपचार भने गर्न जान नसक्ने देखिन्छ ।
    शिवीर सम्पन्न पुर्व आयोजित एक औपचारिक कार्यक्रममा बोल्दै समरी माई गाउपालिका प्रमुख शुक्लाले स्वास्थय जस्तो संवेदनशील सेवालाई घरघरमा पुराउन आफ्नो योजना रहेको बताए । उनले भने , ‘स्वास्थ्य जनताको मौलिक अधिकार हो । त्यो अधिकार सबैले सहज ढंगले पाउनु पर्दछ । गाउपालिकाले त्यसकोलागी तयारी गरिरहेको छ । ’
    उक्त कार्यक्रममा कृष्ण कुमारी तिवारी ,दिवाकर दुवे, सुनिता जैसवाल, रबिन्द्र गुप्ता, महादेव यादव, अरुन अधिकारी, कबिता गेवालि, सुपिरिया के.सि. लगातयले स्वास्थ शिक्षाको बारेमा आ आफ्ना धारणा राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.