logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    विदेशको भोगाइ


    २१ माघ २०७५ , सोमबार

    विदेशको भोगाइ

    ‘…..मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा लिएर फर्किएँ भने त ठीकै छ तर….त्योभन्दा ठूलो रातो बाकसमा म आफैं भरिएर फर्किएँ भने…..?’ कवि नवराज पराजुलीका यी हरफहरू सुन्दा कसको मन नरोला र ? वास्तवमा यो अहिले बिदेसिएका ५० लाखभन्दा बढी नेपाली युवायुवतीको व्यथा हो । अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दिनहुँ एक न एक जना यस्तै रातो बाकसमा फर्किरहेका हुन्छन । यता दिनहुुँ सयौं युवा आफ्नो सुन्दर भविष्यको कल्पना गर्दै बिदेसिरहेका छन । पैसा कमाउँला, साहूको ऋण तिरौंला, सानो घर बनाउँला, छोराछोरी पढाउँला अनि परिवारलाई खुसी र सुखी बनाउँला भनेर ।

    विडम्बना भनेजस्तो र सोचेजस्तो कहाँ हुन्छ र ? दलालहरूले मीठा–मीठा सपना देखाई चर्को रकम असुल गरी विदेश पठाएर परदेशमा दुःख पाएकाहरूको व्यथा भनेर साध्य छैन । उता साहूले अलिकति भएको जमिन पनि हड्पिदिन्छ, परिवारका सदस्यहरूले विदेशबाट २–४ पैसा कमाएर ल्याउँछ र सुखका दिन सुरु हुन्छन भन्ने सोचिरहेका हुन्छन, तर त्यसको ठीक विपरीत वज्रपात आइलाग्छ अनि कति त डिप्रेसनको सिकार हुँदै आत्महत्याजस्तो गम्भीर बाटो अपनाउन बाध्य हुन्छन । मैले यसो भनिरहँदा बिदेसिएर दुःख पाएका मात्र छन् भन्ने होइन, अहिले देशको ३३ प्रतिशत आम्दानी बिदेसिएका यिनै युवामार्फत प्राप्त हुन्छ ।

    देशमा निकै ठूल्ठूला परिवर्तनहरू भए । हाम्रै बुबाको पालादेखिको कुरा गर्ने हो भने पनि २००७ सालको प्रजातन्त्र प्राप्तिदेखि लिएर २०४६ सालको जनआन्दोलन अनि २०५१ मा सुरु भएको १० वर्षे जनयुद्ध तथा ०६२।६३ को १९ दिने जनआन्दोलन, गणतन्त्र प्राप्ति, यी सबै परिवर्तनका लागि नै भएका आन्दोलनहरू थिए । यसबीच राजनैतिक परिवर्तन त निकै भए । २०७२ असोज ३ गते देशले नयाँ संविधान पनि पायो, तर विडम्बना यही देशले युवाहरूलाई अर्काको देशमा पसिना बगाउनबाट जोगाउन सकेन, न त स्पष्ट वैदेशिक रोजगार नीति नै ल्याउन सक्यो, जसले गर्दा परदेशमा मलाई कुनै अप्ठ्यारो भयो भने मेरो देशको नीति यो छ र मलाई मेरो देशको सरकारले यसो गर्छ भनेर छाती फुलाउन सकियोस । Ekantipur bata

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.