भैरहवा, माघ ।
भ्रष्टाचारका परिवर्तित तथा प्रवृत्तिजन्य चुनौतीहरुको सामना गर्न गहन अनुसन्धानका साथै निरोधात्मक तथा प्रबद्र्धनात्मक गतिविधिकै रुपमा सञ्चालन गरी समस्त नागरिकहरुलाई भ्रष्टाचार विरुद्ध सजग र सक्रिय गराउने उद्देश्यले भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था, रुपन्देही गठन गरिएको छ ।

शुक्रबार सम्पन्न भेलाले ज्ञानु पौड्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा गोविन्द प्रसाद ढकाल, सचिवमा गिरी प्रसाद पुन, कोषाध्यक्षमा जगन्नाथ कुर्मी र सह–सचिवमा मञ्जु ज्ञवाली रहेका छन् । त्यस्तै सदस्यमा निरञ्जन पाठक, मोहम्मद असलम खाँ, रामअवध पासवान, कृष्ण नेपाल, टेक कुमारी श्रेष्ठ, निजामुद्धिन पठान, समिरउल रहमान अन्सारी, तुलसीराम यादव, गिरीराज पाठक, यज्ञ प्रसाद अर्याल, चुरामणि पौडेल र दिलिप भट्टराई रहेका छन् ।
तदर्थ समिति गठन पूर्व आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय रुपन्देहीका सह–सचिव रविलाल पन्थ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर, सहायक प्रजिअ बैकुण्ठ प्रसाद सापकोटा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापा लगायतको उपस्थिति रहेको थियो ।