असलम खान
मर्चवार, फागुन । मर्चवारको तरैनी नाकालाई भन्सार नाकाको रुपमा स्थापीत गर्न नेपाल स्थित भारतीय राजदुताबास सकारात्मक देखिएको छ । दुताबासका काउन्सीलर स्टालीन बाबु चिकत्लाले उक्त नाकाको स्थलगत अध्ययनगरी भारतीय पक्षबाट छिट्ट्रै भन्सार बनाउन पहल गर्ने बताए । उनले भने, ‘भारतको सीमापारीको ठोटरी र नेपालको तरैनीलाइ जोडेर छोटी भन्सार बनाउदा मर्चवारको कृर्षी र व्यपारमा मात्रै नभएर दुई देशिय आयत निर्यातमा महत्वपुर्ण उपलब्धी हुने बताए ।

नाकाको स्थलगत निरीक्षणमा गएका समरीमाई गाउपालिका प्रमुख जितेन्द्र नाथ शुक्लाले मर्चवारको पुर्वाधार विकासका भारत सरकारको सहयोगको अपेक्षा गरेका थिए । उनले भने ‘भारतीय सरकारले नेपालको भौतिक पुर्वाधारमा ठूलो सहयोग गरेको छ । हामीलाई विश्वास छ यहांको स्वास्थ, शिक्षाका भवन निर्माण र बाटो निर्माणमा पनि सहयोग गर्नेछ । ’
कार्यक्रममा मर्चवारी गाउपालिकाका अध्यक्ष केशब नन्द बानियाले तरैनी नाका लाई सुचारु गरेमा मर्चवारको विकासमा महत्वपुर्ण सहयोग पुग्ने बताए । समरीमाई गाउपालिकाका प्रशासकीय प्रमुख टेकराज भट्टराईले दुईदेशीय आवश्यक्ताका आधारमा छोटी भन्सार सन्चालन भएमा आवतजावतमा पनि सहयोग पुग्ने बताए ।