logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    बुद्ध शिक्षण बर्माबाट सिक्ने कि


    ५ फाल्गुन २०७५ , आइतबार

    बुद्ध शिक्षण बर्माबाट सिक्ने कि

    नरेश के.सी.

    भैरहवा, फागुन । बुद्धको जन्मस्थल नेपालमा बुद्ध धर्म दर्शनको विषयमा त्यति धेरै चासो र अध्ययन अनुसन्धान भएको पाईदैन तर बुद्धको कपालको रौं लगेर राखिएको देश म्यानमार बुद्ध धर्मकोलागी अनुकरणीय स्थल भएको छ ।

    बर्मा जहां हजारौं नेपालीहरु अहिले पनि बसोबास गर्दछन् । उनीहरु अहिले बम्रेली नागरिकको रुपमा परिचीत छन् । नेपाली भाषी ब्रमेलीहरुको समेत बसोबास रहेको म्यानमारबाट नेपालले बुद्ध धर्म शिक्षणको विषयमा धेरै सिक्न सकिने देखिन्छ । यहांका विश्वविद्यालय बौद्ध धर्म दर्शनको अध्ययन अनुसन्धान गर्नेहरुका लागी पनि संसारकै लागी अनुकरणीय रहेका छन् ।

    झठ्ठ सुन्दा वित्तिकै विश्वविद्यालय भन्नाले थरी थरी विषयका पढाई हुने केन्द्र बुझिन्छ । जहां विभिन्न विषयमा नया नया खोज तथा अनुसन्धान हुने गर्दछ । संसारभरीका नाम चलेका देखी गुमनाम विश्वविद्यालयहरुमा यस्तै अभ्यास पाइन्छ । जहा फरक भूगोल , फरक फरक सोंच र फरक फरक अभ्यासलाइ एकै थलोमा राखी नया नयां अनुसन्धान र अध्ययन समेत हुने गर्दछ ।

    तर दक्षिण पुर्वि एशियन मुलुक बर्मा (म्यानमार) जहां बुद्ध शिक्षण संसारकोलागी नमूना बनिरहेको छ । यहांको सरकारले बुद्ध शिक्षणलाई अत्यन्तै महत्व दिएर लगानी पनि गरिरहेको छ । म्यानमार सरकारले बुद्ध शिक्षणमा गरेको लगानी संसारकोलागी उदाहरणीय पनि छ । उक्त राज्यमा रहेका विश्वविद्यालय एकै प्रकृति, एकै सोच र एकै अभ्यासबाट सन्चालित छन् ।

    करिब २५ सय बर्ष अगाडी बुद्धले दिएका शिक्षा र ज्ञानलाई जस्ताको तस्तै अध्ययन अनुसन्धान गर्नेगरी यहांको सरकारले विभिन्न विश्विद्यालय मार्फत अध्ययन अध्यापन गराईरहेको छ । यहांका प्राथमिक तहका विद्यालय देखी विश्वविद्यालयहरुमा समेत बुद्ध शिक्षण, अनुसन्धान र अध्ययन एकैं प्रकृतिले हुने गर्दछ । म्यानमारका हरेक शैक्षिक प्रतिष्ठानको नाम जसरी बुद्धत्व झल्कीने गरी राखिएको छ । त्यसैगरी त्यहा भित्रका अभ्यासहरु पनि सोही प्रकृतिका हुने गर्दछन् ।

    बुद्धिज्मलाई मूल पाठ्यक्रम नै बनाएर प्राथमिक तह देखी विश्वविद्यालय र पिएचडी तह सम्म पठनपाठन एवं अध्ययन अनुसन्धानमा म्यानमार सरकारले काम गरिरहेको छ ।

    बुद्ध धर्मका महायान, बज्रायान र थेराबाद सम्प्रादाय मध्ये थेराबाद सम्प्रादायको अध्ययन अध्यापन म्यानमारका विश्वविद्यालयहरुले गरिरहेको लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पस लुम्बिनीका प्रमुख फणिन्द्र न्यौपानेले बताउनुभयो । उहांले भन्नुभयो , ‘बुद्ध अनुशासन र ज्ञानलाई जस्ताको तस्तै परिपालन गर्नुपर्दछ भन्ने मान्यता राख्ने थेराबाद सम्प्रादाय अन्र्तगतको पाठ्यक्रम म्यानमारका विश्वविद्यालयमा लागु भएकोछ । ’

    बुद्धको महापरिनिर्वाणको करिब डेढ सय बर्षपछि भएको दोस्रो संगायनमा बुद्ध अनुशासन (विनय) मा रहेका केही कुराहरु समयसापेक्ष परिवर्तन गर्नुपर्यो भनी चर्चा चल्दा त्यसो गरिनु हुदैंन , बुद्धको ज्ञान, अनुशासन शीललाई जस्ताको तस्तै लागु गर्नुपर्दछ भन्नेहरु एकजुट भइ थेराबाद सम्प्रादाय सन्चालन गरेका थिए ।

    सन् १९८६ मा यांगुनमा स्थापना भएको स्टेट परियति शासन युनिभर्सीटिले अहिले सम्म सयौ विद्यार्थिलाई बुद्ध शिक्षणमा दीक्षित गरिसकेको उक्त विश्वविद्यालयका रेक्टर भिक्षु डा. कुमारले बताउनुभयो । उक्त विश्वविद्यालयमा बुद्ध शासनमा परंपरागत अभ्यासमा सधैं अडिग भई अध्ययन अनुसन्धान गरिरहेको डा. कुमारको भनाई छ ।

    बुद्ध जन्मस्थल लुम्बिनीमा रहेकोे लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पस लुम्बिनीबाट बर्मा गएको टोलीसंग अन्तरक्रिया गर्दै उक्त विश्वविद्यालयका अनुसन्धान विभाग प्रमुख भिक्षु डा. भिना श्रीले थेराबाद बुद्धिज्मको सैद्धान्तिक र व्यवहारीक अभ्यास म्यानमारमा भईरहेको बताउनुभयो ।

    यांगुन स्थित स्टेट परियति शासन युनिभर्सटिका अतिरिक्त मण्डालेमा रहेको सोही नामको युनिभर्सटिमा पनि थेराबाद बुद्धिज्म पढ्ने विद्यार्थिको चाप अत्याधिक रहको देखिएको छ । ब्रहमीज भाषामा पठनपाठन हुने उक्त दुबै विश्वविद्यालयमा अध्ययन गर्न जुनसुकै देशका नागरिक आउन सक्ने बताईएको छ । भिक्षु पोशाकमा रहेका विद्यार्थिहरु भिक्षुको जस्तै दैनिक जीवनशैली अपनाएर उक्त विश्वविद्यालयहरुमा थेराबाद बुद्धिज्मको अध्ययन अनुसन्धान गरिरहेको मण्डाले स्थित स्टेट परियति शासन युनिभर्सटिका भाईस रेक्टर याना लिंगरा पवान्साले बताउनुभयो ।

    थेराबाद बुद्धिज्म अन्र्तगत स्नातक तह देखी पिएचडी सम्म पठनपाठन गर्न चाहने स्वदेशी तथा विदेशी विद्यार्थिकोलागी म्यानमार सरकारले पुर्ण र आंशिक किसीमको छात्रावृत्तिको समेत व्यवस्था गरेको म्यानमारमा रहेर नेपालीहरुकोलागी स्वयंसेवी कार्य गर्ने नेपालीभाषी सतिष न्यौपाने (तुनतुन) ले बताउनुभयो ।

    यांगुनमा रहेको अन्तराष्ट्रिय बुद्धिस्ट थेराबाद मिसीनरी युनिभर्सटिमा भने ब्रहमीज भाषाका अतिरिक्त अंग्रेजी भाषामा पनि पठनपाठन हुने गर्दछ । उक्त विश्वविद्यालयमा अहिले सम्म २ जना नेपालीले विद्याबारिधी तहको अध्ययन गरिरहेका छन् ।

    उक्त विश्वविद्यालयलाई अविधम्ब मिसीनरी युनिभर्सटि भनेर पनि चिनिन्छ । म्यानमारमा रहेका २० वटा युनिभर्सटि मध्ये अन्तराष्ट्रिय बुद्धिस्ट थेराबाद मिसीनरी युनिभर्सटिमा मात्रै अग्रेजी भाषामा पनि पठनपाठन हुने गर्दछ । अन्तराष्ट्रिय बुद्धिस्ट थेराबाद मिसीनरी युनिभर्सटिमा पिएचडी अध्ययन गरिरहनुभएका नेपाली विद्यार्थि यामिन्द्र मल्ल ‘भिक्षु सोभन’ ले बुद्धिज्म अध्ययन अनुसन्धानकोलागी म्यानमारका विश्वविद्यालय संसारका अन्य विश्वविद्यालयको तुलानामा महत्वपुर्ण भएको बताउनुभयो ।

    बर्मेली विश्वविद्यालयमा स्वदेशी अतिरिक्त थाई, भियतनामी, जापनीज, कोरियन विद्यार्थिहरु पढ्नकोलागी आउने गरेको त्यहांको तथ्यांकले देखाएको छ । थेराबाद बुद्धिज्ममा अध्ययन अनुसन्धान गर्नेकोलागी ब्रमेली विश्वविद्यालय संसारकै उपयुक्त केन्द्र भएको म्यानमारकोलागी नेपाली राजदूत भीमकुमार उदासले बताउनुभयो ।

    म्यानमार बौद्ध संगायनको पाचौं र छैठौ संगायन भएको देश हो । बौद्ध संगायनको पहिलो संगायन भारतको राजगीरमा भएको थियो । दोस्रो सराबस्तीमा, तेस्रो पाटलीपुत्रमा भएको थियो । यसैगरी चौथो संगायन श्रीलंकामा भएको थियो भने पाचौं र छैठो म्यानमारमा भएको थियो ।

    बुद्ध धर्म दर्शन अनुसार छैठौ शताब्दीमा महामानब बुद्ध भारतको बोधगया स्थित बोधि रुख मुनी बसिरहेको बेला बर्माका दुईजना व्यापारी तपौसीया र भालिका त्यहिबाटोबाट जादै गर्दा ती ब्यापारीलाइ बुद्धले आफ्नो टाउकोबाट आठवटा कपालको रौं निकालेर दिएका थिए ।

    त्यहिं रौं लिएर स्वदेश फर्केका ती व्यापारीले म्यानमारमा बुद्ध धर्म र दर्शनलाई प्रचार प्रसार मात्रै गरेनन सम्बद्र्धन र संरक्षण पनि गरे । पछि त्यहांका राजा ओकालापाले बुद्धको कपालको रौंलाइ महत्व दिएर राखे ।

    त्यसपछि नै म्यानमारमा बुद्धकालिन सभ्यताको संरक्षण र प्रबद्र्धनमा फड्को मारेको देखिन्छ । उक्त रौं राखेकै कारण बोथाथुंग र स्वजेगान प्यागोडा आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । बर्मामा नेपालको तिलौराकोट जस्तै खुल्ला बौद्ध कालिन बगाना संग्राहलय पनि छ ।

    दोस्रो विश्वयुद्ध ताका बेलायति उपनिबेशमा परेको बर्माको नाम परिवर्तन भएर म्यानमार भयो । विदेशीहरुले त्यहांको अधिकांश संरचना परिवर्तन गराए तर बौद्ध संस्कार र शिक्षणलाई चाहेर पनि परिवर्तन गराउन नसकेको म्यानमारको संस्कृति तथा धार्मिक मन्त्रालयका अधिकृत आन्सु थु –दाई) ले बताउनुभयो । थेराबाद बुद्धिज्मकोलागी बर्मा संसारमै उच्चत्तम प्रयोग भएको देश भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्नाकोत्तर तहका विद्यार्थि ढुण्डीराज भट्टराईले बताउनुभयो । ध्यान र सादगी जीवनकोलागी बर्मा संसारकोलागी अनुकरणीय स्थल बन्न सक्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.