logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सशस्त्रको बेलहियामा हेल्प डेक्स


    १९ फाल्गुन २०७५ , आइतबार

    सशस्त्रको बेलहियामा हेल्प डेक्स


    रुबिना थापा
    भैरहवा,१९ फागुन । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हे.क्वा. (रा.भ.सु) रुपन्देहीले भारतिय सशस्त्र सीमा बलको सहकार्यमा संयुक्त नागरिक सहायता कक्ष बेलहियाको दशगजा क्षेत्रमा स्थापना गरेको छ ।
    शिवरात्रीको अवसरमा सीमावर्ती ईलाकामा हुन सक्ने चोरी, लुटपाट, ठगी, डकैती, अवैध चोरी पैठारी, हातहतियार, बिष्फोटक पदार्थ, आगुऔषधको ओसार पसार तथा अन्य अपराध जन्य क्रियाक्लापहरुकको नियन्त्रण गर्नका लागी संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हे.क्वा. (रा.भ.सु) रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द खातीले जानकारी दिनुभयो ।
    संयुक्त नागरिक सहायता कक्ष स्थापना गर्नुको मुख्य उद्धेश्य सर्वसाधरण जनताहरुको सेवा प्रवाहलाई थप सरल, सुविधा र सहजिकरण बनाउने तथा सिमा क्षेत्रमा आउने भारतिय भक्तजनहरुको सुरक्षाका लागी गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हे.क्वा. (रा.भ.सु) रुपन्देहीको सुचना शाखाले जनाएको छ ।
    शिवरात्रीको अवसर पारेर पशुपती नाथको दर्शन गर्नका लागी भारत बाट बेलहिया नाका हुदै हजारौ भक्तजनहरु नेपाल आउने गर्दछन् । उनिहरुको सुरक्षाका लागी सशस्त्र प्रहरी बल सधै सुरक्षा सर्तकता अपनाउने गरेको छ ।
    नेपालमा लाग्ने शिवरात्री मेला तथा पुजा आजा गर्ने स्थानहरुमा समेत सशस्त्र प्रहरी बलले सरसफाई तथा सुरक्षा प्रदान गर्ने गरेको देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.