logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ‘संख्यात्मक भन्दा गुणात्मक शिक्षा जरुरी’


    २३ फाल्गुन २०७५ , बिहिबार

    ‘संख्यात्मक भन्दा गुणात्मक शिक्षा जरुरी’

    भैरहवा क्याम्पसको स्वर्ण महोत्सव
    कमल रायमाझी
    भैरहवा, फागुन । महामानब गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रबेषद्धार सिद्धार्थनगरमा रहेको भैरहवा बहुमुखी क्याम्पसले जन्मको ५० औ बर्ष भव्य र सभ्य रुपमा मनाउने जमर्को गरेको छ ।
    फागुन २२ गते देखी २९ गते सम्म साप्ताहिक कार्यक्रम गरेर मनाउन सुरु गरिएको स्वर्ण महोत्सवले प्राध्यापक, बिद्यार्थीहरु, स्थानियहरु, पुर्व बिद्यार्थीहरु र क्याम्पस परिवारलाई उत्साहित बनाएको देखिन्छ ।
    साप्ताहिक कार्यक्रम गरेर महोत्सवका लाई सफल पार्नका लागी क्याम्पस प्रशासनले सबै तयारी पुरा गरेको क्याम्पसको सुचना शाखाले जानकारी दिएको छ ।
    बुधवार भएको प्रभातफेरी कार्यक्रम समेत भव्य र सभ्य रुपमा सम्पन्न भएको स्थानियहरुले बताएका छन् ।
    भैरहवा बहुमुखी क्याम्पसको प्राङगण बाट सुरु भएको प्रभातफेरी शान्तिनगर, बैंकरोड, नारायणस्थान, बुद्धचोक हुदै जनकपथ बाट पुन क्यापस परिशरमा फर्किएर थियो ।
    जसका नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय संघ सस्थाहरु, बिद्यार्थी, प्राध्यापक, पुर्व बिद्यार्थीहरु लगाएत हजारौको सख्या रहेको प्रभातफेरी भैरहवाबासीका लागी समेत गर्व गर्न लाएक देखियो ।
    प्रभातफेरी पछिको स्वर्ण महोत्सव शुभारम्भ कार्यक्रमको उद्धघाटन गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङकर पोखरेलले केन्द्र मार्फत सञ्चालन भएका बिश्व बिद्यालयहरु प्रदेश मातहतमा आए प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।
    उनले संघिय सरकारले सञ्चालन गरेका सस्थाहरुलाई प्रदेश सरकारले सहयोग गर्न नसक्ने भन्दै प्रदेश मातहतमा रहेकालाई भने प्रदेश सरकारले पुर्ण जिम्मा लिने जानकारी दिए ।
    नेपालको संविधानले बिश्वबिद्यालयहरुले नयां सम्बन्ध दिन नमिल्ने भन्दै यस्ता सम्बन्ध हरु दिन अब प्रदेश बिश्वबिद्यालयहरु तयार हुने जनाए ।
    उनले त्रिभुवन बिश्वबिद्यालय बिद्यार्थी मागअनुसार अगाडी बढनुपर्ने बताउदै बिद्यार्थीहरु नहुने बिषयहरु केन्द्रिय क्याम्पसमा मात्र राख्नुपर्ने सुझाव दिए ।
    एक युग बाट अर्को युगमा हामी प्रबेष गर्दैछौ मुख्यमन्त्री पोखरेलले भने, हिजो एउटा राज्य भएको नेपालमा आज धेरै राज्यहरुमा जादै गरेको अवस्थामा हामीले शिक्षाको बिषयमा छलफल गर्न सकेका छैनौ ।
    अर्को बर्ष बाट शिक्षा सम्बन्धी छलफल र कानुन निर्माण गरेर प्रदेश सरकार प्रदेशमा शिक्षाको बिकासमा क्रियाशित हुने मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।
    शिक्षाको सुरुवात समुदायको लगानी बाट सुरुभएको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले अहिले सरकारले समेत शिक्षालाई अवनत्व लिएको बताए ।
    उनले भैरहवा बहुमुखी क्याम्पसले सख्यात्मक भन्दा गुणात्मक शिक्षालाई जोडदिनुपर्ने सुझाव दिदै यहाँको साधन स्रोतलाई पुण परिचालन गरेर अगाडी बढनुपर्नेमा जोडदिए ।
    स्वर्ण महोत्सव शुभारम्भ कार्यक्रममा त्रिभुवन बिश्वविद्यालयका मानविकि संकायका डिन प्रा.डा. शिब भुसालले भैरहवा बहुमुखी क्याम्पसले गुणस्तर शिक्षालाई जोड दिएकाले बिश्वबिद्यालय यस क्याम्पसको प्रगती प्रति सकारात्मक रहेको बताए ।
    उनले भैरहवा क्याम्पसलाई आवस्यक पर्ने सबै सहयोग गर्न पनि बिश्वबिद्यालय तयार रहेको बताउदै स्वर्ण महोत्सवको शुभकामना व्यक्त गरे ।
    कार्यक्रममा यस क्षेत्रमा प्रदेश सांसद सन्तोष पाण्डेले राजनितिक क्षेत्रमा शैक्षिक व्यक्तिहरुको अभाव रहेको भन्दै राजनितिमा पनि शिक्षामा उत्कृष्ट भएकाहरुलाई सहभागी गराउनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा पुर्व प्रहरी महानिरिक्षक कुवेर सिंह राना, पुर्व क्याम्पस प्रमुखहरु प्रा.डा. कपिलदेव लामिछाने, बालकृष्ण भट्टराई, राजनितिक दलका नेताहरुले स्वर्ण महोत्सवको शुभकामना मन्तव्य दिएका थिए ।
    २३ गते देखी २७ गते सम्म बिभिन्न अतिरिक्त क्रियाक्लाब गरेर महोत्सव बनाईने, २८ गते पुर्व बिद्यार्थीहरुको मिलन कार्यक्रम र २९ गते शिक्षा मन्त्री गिरिराजमणी पोखरेलेको प्रमुख आथित्यतामा स्मारिका विमोचन, सम्मान,पुरस्कार वितरण, उधान उद्धघाटन र समापन रहेको भैरहवा क्याम्पस प्रचार प्रसार समितीका संयोजक बाबुराम काफ्लेले बताए ।
    विगत
    २०२५ साल भाद्र ४ गते पब्लिक क्याम्पसको रुपमा स्थापना भएको तत्कालिन सिद्धार्थ कलेज शुरुवातताका भैरहवा हाईस्कुलमा सन्चालन भएको थियो । करिब १ सय ५० जना विद्यार्थिबाट पठनपाठन शुरु भएको उक्त क्याम्पसमा डा. हर्षबहादुर बुढा प्राचर्य रहेका थिए । वि ए तहको पहिलो कक्षामा प्राध्यापन गर्ने संस्थापक लेक्चरर बालकृष्ण भट्टराई त्यतिबेलाको घटना सम्झिदै भन्छन, ‘रुपन्देहीमा विए तहमा पढाई हुने एकमात्र क्याम्पस सिद्धार्थ कलेज थियो । बुटवलमा लुम्बिनी कलेज थियो तर त्यहां विए पढाई हुदैन्थ्यो । त्यसैले बुटवलबाट अनुपमान सैजुहरु, पाल्पाबाट रामचन्द्र आचर्यहरु पनि सांझको कक्षा लिन आउनुहुन्थ्यो । ’ त्यतिबेला विजुलीबत्तिको समस्या भएता पनि मइन्टोल (पेट्रोम्याक्स) बालेर रातीको कक्षा लिने गरेको भट्टराईले बताए ।
    मइन्टोलको उज्यालोमा ५ जना लेक्चररले प्राध्यापन गरेको सिद्धार्थ कलेज समयक्रमसंगै अहिले प्रदेश ५ कै महत्वपुर्ण क्याम्पसको रुपमा स्थापीत भई स्वर्णमहोत्सव मनाउन जादा आफु अत्यन्तै गौरावान्वीत भएको भट्टराईले बताए ।
    मिश्री लिगल, प्रतिभा लिगल, माधुरी थापा, चन्द्रा गुरुंग जस्ता छात्राहरु छात्र जत्तिकै सक्रिय भएर अध्ययन गर्दथे त्यतिबेला । ०३० सालमा देशमा नयां शिक्षा लागु भएसंगै सिद्धार्थ कलेजबाट त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्पसको रुपमा रुपान्तरण भएको उक्त क्याम्पस हाल भैरहवा बहुमुखी क्याम्पसका नामले परिचीत छ । मईन्टोलको उज्यालोमा पढ्न ग्राहो भएपछि केही समय पक्लिहवा हाईस्कुलमा विट्रीश क्याम्पको लाइट तानेर पठनपाठन समेत भयो । उक्त क्याम्पस पछि ०२९ सालमा भैरहवा विमानस्थलको जग्गा प्राप्तीसंगै हालको स्थान शान्तिनगरमा सरेको थियो । उक्त स्थानमा पनि शुरुवात ताका भवन नहुदा समाजसेवी नथमल अग्रवालकी श्रीमति गीनियादेवी अग्रवालले आफ्नो गहना बेचेर ३ कोठा निर्माण गरिदिएपछि भौतिक रुपमा क्याम्पसले रुप धारण गरेको हो ।
    २०४१ सालदेखी भैरहवा क्याम्पसमा प्राध्यापन गर्दै आएका पुर्व क्याम्पस प्रमुख प्रा.डा कपिलदेव लामिछानेका अनुसार भैरहवा क्याम्पसले उत्पादन गरेका विद्यार्थि अपबाद बाहेक सबै कुनै न कुनै ठाउमा पहिचान स्थापीत गरेर बसेको बताउंछन् । प्रा.डा लामिछाने भन्छन, ‘मलाई लाग्छ यहांका लगभग सबै विद्यार्थि राम्रो पद प्रतिष्ठामा छन् । असल मान्छेका रुपमा परिचीत छन् । कयौं रोजगारीमा छन् । कयौ राजनीति र व्यपार व्यवसाय तथा आ आफ्नो व्यवसायमा छन् । तर कोही पनि बेरोजगार छैनन । ’
    भैरहवा क्याम्पसमा विद्यार्थिको रुपमा रहेका जननेता स्व. जिवराज आश्रीत देखी हाल श्रीलंकाकोलागी नेपाली राजदूत रहेका खगनाथ अधिकारी सम्म रहेका छन् । पुर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, पत्रकार किशोर नेपाल, नेपाल प्रहरीका पुर्व आईजिपी कुबेर सिंह राना, शहिद यादवनाथ आलोक, नेकपा नेता नेत्र पन्थि, विजय पौडेल, नेपाल प्रहरीका उच्च अधिकृत केशब अधिकारी, राप्रपाका नेता सागर प्रताप राणा, पुर्व सिडिओ अब्दुल कलाम खा, मन्दाकीनि श्रेष्ठ, दामोदर पन्त, कर विभागका उच्च अधिकृत महाराजा कोइराला जस्ता देशका स्थापीत व्यक्तित्वहरु भैरहवा क्याम्पसका पुर्व विद्यार्थि हुन् ।
    र्
    िवद्यार्थि आन्दोलनको ईतिहांस
    नेपालको विद्यार्थि आन्दोलनमा तत्कालिन सिद्धार्थ कलेजको नाम अग्रपंक्तिमा आउने गर्दछ । त्यतिबेला सिद्धार्थ कलेज सहित लुम्बिनी अन्चलका ४ वटा र देशभरीका जम्मा १४ वटा क्याम्पसका विद्यार्थिलाई परिक्षा दिनबाट बन्चित गर्ने निर्णय भयो । बर्षभरी पढेका विद्यार्थिले परिक्षा दिन नपाउनेभएपछि विद्यार्थिहरुले पन्चायति सरकार विरुद्ध आन्दोलन शुरु गरे । उक्त कलेजका संस्थापक विद्यार्थि त्रिलोक नारयण विश्वकर्मा घटना सम्झिदै भन्छन, ‘जिवराज आश्रीत र नेत्र गुरुंगहरुले नेतृत्व गरेको आन्दोलन यति चर्कियो की सरकारलाई सकस नै पार्यो । प्रहरीले आन्दोलमा ज्यादती नै मच्चायो कयौंका टाउका फुटे, कयौंका हात खुट्टा भाचिए । आश्रीत सहितका विद्यार्थि नेताहरुलाई जेल हालियो । तर पछि क्याम्पस प्रमुख हर्ष बहादुर सर सहित काठमाण्डौं डेलिगेशन गरेर वार्ता गरेपछि परिक्षा दिने बातवरण तय भएको थियो । ’
    उक्त विद्यार्थि आन्दोलनको दबाबकै कारण सिद्धार्थ कलेजका विद्यार्थिको फारम सबै पिएन क्याम्पस पोखराबाट भरियो । त्यसमध्ये मानाबिकी संकायकोले पाल्पा र विज्ञान संकायकोले नेपालगन्जबाट परिक्षा दिने व्यवस्था गरे अनुसार आफुले आइ ए पढ्ने हुदा पाल्पा गएर परिषा दिएको विक सम्झिन्छन् ।
    वर्तमान
    सिद्धार्थ कलेजको रुपमा रहदा आई ए, विए र आइएस्सी सम्म पठनपाठन भएको यस क्याम्पसमा हाल शिक्षा, मानाबिकी, विज्ञान तथा प्रविधी र व्यवस्थापन संकायमा पठनपाठन हुने गरेको छ । विज्ञान तर्फ फिजीक्स, केमेस्ट्री, बोटनी, जुअलजी, म्याथमेटिक्स र प्राविधीक तर्फ विएससी सिएसआइटीको पठनपाठन भईरहेको क्याम्पसका सहायक प्रमुख झा ले बताए ।
    व्यस्थापनमा विविएस, एमविएस र प्राविधिक तर्फ विविएम, विविए र विआईएमका कक्षाहरु प्नि सन्चालनमा रहेका छन् । मानाविकीमा विभिन्न विषयमा विए तह र एम ए नेपाली, एमए समाजशास्त्र, विसिए प्राविधीक समेत पठनपाठन भईरहेको क्याम्पसमा विएड र एमएड करीकुलम, हेल्थ, नेपाली र अंग्रेजी समेतको पठनपाठन भईरहेको छ । हाल तीन जना प्रोफेसर सहित ८३ जना एकाडेमिसियनले शिक्षा प्रदान गरिरहेको उक्त क्याम्पसमा २ हजार ३ सय ४५ जना विद्यार्थिहरुले नियमित पठनपाठन गरिरहेका छन् । क्याम्पसमा पश्चिम नेपालकै सुविधा सम्पन्न ई लाईब्रेरी सहित प्रायाप्त पुस्तकहरु, महिला तथा पुरुष छात्राबास र प्रायाप्त खेलमैदान तथा २६ जना कर्मचारीहरु रहेको सहायक क्याम्पस प्रमुख अरुणा तिवारीले बताईन् ।
    भैरहवा बहुमुखी क्याम्पस पश्चिम नेपालकै महत्वपुर्ण क्याम्पसको रुपमा स्थापीत भएको देख्न पाउदा आफु निकै नै खुसी भएको ०३८ सालको स्ववियु सभापति मोहनमान श्रेष्ठले बताए ।
    नेपालकै उच्च शिक्षामा महत्वपुर्ण योगदान दिएको भैरहवा क्याम्पसको स्वर्ण महोत्सव भैरहवाबासीको लागी गरिमाको विषय भएकोले सबैको सहभागीता जरुरी रहेको पुर्व स्ववियु सभापतितथा पुर्व विद्यार्थि संगठन भैरहवा क्याम्पसका अध्यक्ष गोपाल खनालले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.