लुम्बिनीखबर भैरहवा , फागुन । सिद्धार्थनगरमा रहेको एक मन्टेश्वरीले शनिबार बर्मेलीटोलमा रहेको किङ्गस प्यालेसमा गरेको वार्षिक उत्सवमा आमन्त्रण गरेका विशिष्ट व्यक्तिहरुलाई अपामान गरेकोमा बुद्धिजीहरुले विरोध गरेका छन् ।
उक्त मन्टेश्वरीले आमन्त्रित विशिष्ट महानुभावहरुलाई अभद्र रुपमा अगाडी बसेको स्थानबाटै हटन भनेपछि उनिहरुले कार्यक्रम नै बहिष्कार गरेको सहभागीहरुले जानकारी दिए । वार्षिक उत्सव कार्यक्रम भनिएको उक्त कार्यक्रममा अस्तव्यस्त कार्यक्रम स्थल , सञ्चालकको समेत अपरिपक्क कार्यक्रम समायोजन गर्ने क्षमता सञ्चालन र अध्यक्षता ग्रहण गर्नेको समेत कार्यक्रम समायोजन गर्ने क्षमता नदेखिएको सहभागीहरुले बताए । कार्यक्रम स्थलमा पुगेका त्रिभुन विश्व विधालयका सहप्राध्यापक उमेश चन्द्र रिजाललाई समेत मन्टेश्वरीका प्रिन्सिपलले बसेको ठाउँबाट पछाडी जान भन्दै असभ्य भाषा प्रयोग गरिएको सहभागीहरुले समेत आयोजकको गुनासो गरेका हुन् । बुद्धिजीहरुको महत्व नभुजेको शिक्षा क्षेत्रमा लामो योगदान गरेकाहरुलाई अपमान गर्नेहरुले सञ्चालन गरेको मन्टेश्वरीले कसरी गुणस्तर शिक्षा देला भन्दै स्थानीयहरुले उक्त मन्टेश्वरीको अनुगमन र अनुसन्धान गर्न माग गरेका छन् ।
पछिलो समय भैरहवाको क्षेत्रमा पैसा कमाउने उद्देश्यले केही मन्टेश्वरीहरु खुलेका छन् । जसले अभिभावकलाई आकार्षित गरी आर्थिक असुली गर्ने भएपनि यर्थाथमा शिक्षा राम्रो दिन नसको देखिन्छ । यस्तो मन्टेश्वरीलाई अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग समेत स्थानीय स्तरमा रहेको छ ।
