नरेश के.सी.
भैरहवा, चैत्र । जनताको काम छिटो छरितो होस् भन्ने उद्धेश्यले सरकारले भूगोल अनुसार मालपोत सेवा विस्तार गरेको पनि धेरै भयो । त्यति मात्रै नभएर अनलाईन प्रणाली पनि शुरु भयो । तर पनि मालपोत कार्यलयबाट प्रदान गर्ने सेवामा खासै सुधार हुन सकेको छ्रैन ।
विगतमा रुपन्देही जिल्लाको सबै काम भैरहवा मालपोत कार्यलयबाट हुने गर्दथ्यो । यो सेवा विकेन्द्रित भई हाल बुटवल , मझगावमा समेत गएको छ । तर पनि जनताले मालपोत कार्यलयमा विगतमा जस्तै सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।
सौराह फर्साटिकरबाट जग्गा नामसारीको लागी आएका सहसराम भर एक हप्ता देखी भैरहवा मालपोत कार्यलयको कोठा कोठामा धाउदा धाउदै थकीत भएका छन् । उनले भने, ‘सर एक हप्ता भयो । खै कहिले के भन्छन् , कहिले के भन्छन । अझै कति दिन लाग्ने हो टुंगो छैन । ’
भर जस्तै सिद्धार्थनगर ४ का सतिष चौधरी मालपोतमा फाइल नै नभेटिने गरेको बताउंछन् । उनी भन्छन, ‘रजिस्टरमा रेकर्ड छ तर फाइल खोज्दा पाईदैन । फाइल नभेटिदा कामै रोकिने गरेको छ । ’ सिनपा ९ की मेनका मिश्राले २ दिनदेखी कम्युटरले काम नगरेको भन्दै कर्मचारीले फर्कादिने गरेको बताईन् ।
यी प्रतिनीधिमूलक सेवाग्राहीको गुनासो लिएर यो सम्बाददाता मालपोत कार्यलय भैरहवा प्रमुख शिवप्रसाद रेग्मीको पुग्दा उनले भने , ‘विगतमा भन्दा अहिले ढिला हुने स्वभाविक नै हो । हिजो म्यानुअल मात्रै हुन्थ्यो आज कम्प्युटरमा पनि इन्ट्री गर्नुपर्छ । त्यसमाथी सर्भर डाउन भईराख्छ । ’ गत कार्तिक २८ गते देखी अनलाइन प्रणालीमा गएको मालपोत कार्यलयमा दोहोरो कामको कारण ढिला सुस्ती भएको कर्मचारीले बताईरहदा कार्यलयमा सेवाग्राहीको भने खुट्टा राख्ने ठाउ समेत थिएन ।
भ्रष्टाचार र ढिलासुस्तीको पर्याय बनेको आरोप खेपीरहेका मालपोत कार्यलय भैरहवाको सम्बन्धमा भ्रष्टाचार विरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले ०७५ फागुन दोस्रो हप्ता भैरहवामा नै सार्वजनि गरेको एक प्रतिवेदनमा मालपोत सेवा सुधार भएको तथ्य सार्वजनिक गरेको थियो ।
टिआइका केन्द्रिय अध्यक्ष खेमराज रेग्मी सहित सेवाग्राहि र सेवाप्रदायकबीच सार्वजनिक गरेको उक्त तथ्य १५ दिन बित्न नपाउदैं फेरी जनताले सास्ती खेप्न थालेपछि परिवर्तन हुने देखिएको छ । टिआइको प्रतिवदेनले मालपोत भैरहवामा विगतमा भन्दा ४५ प्रतिशत सेवाग्राहीलाइ सेवा लिन सहज भएको र ३३ प्रतिशतले सेवा सुधार भएको बताएको उल्लेख छ । तथ्यमा सुधार र सहज भएको देखिरहदा कार्यलयमा सेवा लिन पुगेका भने हप्तौ फाइल बोकेर ओहोर दोहर गरिरहेका छन् ।
छिटो छरितो कामकोलागी शुरु गरिएको अनलाइन प्रणालीले काम ढिला गर्नुको कारण अदक्ष कर्मचारी भएको देखिन्छ । सरकारले बिना तयारी अनलाईन प्रणाली शुरु गर्दा झनै समस्या निम्तिएको जानकारहरु बताउंछन् । मालपोत क्षेत्रका जानकार विजय सागरका अनुसार सरकारले मालपोत कार्यलयमा कम्पुटराइज्ड प्रणाली शुरु गर्नुभन्दा पहिले कर्मचारीलाई त्यसको विषयमा दक्ष बनाउनुपर्ने थियो । तर बर्षौदेखी म्यानुअल काम गरेको अब पेन्सन लिएर घर जाने बेलामा जबरजस्ती कम्प्युटरबाट काम गराउदा कर्मचारीहरुलाई पनि सकस परेको उनको तर्क छ ।
मलपोत कार्यलयका पुर्व अधिकृत समेत रहेका उनी भन्छन्, ‘सबैभन्दा पहिले हाकीमदेखी पियन सम्मलाइ कम्प्युटरमा दक्ष बनाउनुपर्दछ । वा त्यहि किसीमको दक्ष कर्मचारी भर्ना गर्नुपर्दछ अनि मात्र अनलाइन सिस्टम प्रभावकारी हुन्छ । ’
