logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मर्चवार ः विकासमा अग्रसर


    १४ चैत्र २०७५ , बिहिबार

    मर्चवार ः विकासमा अग्रसर

    असलम खान
    मर्चवार, चैत्र । मर्चवारमा ३ वटा स्थानिय सरकारहरु छन् । कोटहीमाई, समरीमाइ र मर्चवारी गाउपालिकाले स्थानिय सरकारको रुपमा स्वायत्त ढंगले काम गरिरहेका छन् । यी तीन सरकारका अतिरीक्त प्रदेश सभा सदस्यमा दुई जना र संघीय संसदमा एक जना सांसदले प्रतिनिधित्व गर्दछन् ।
    स्थानिय तीन सरकार र संघीय तथा प्रदेश सांसदहरुले एकिकृत योजना सहित सिंगो मर्चवारको गुरुयोजना बनाउन त अहिले सम्म सकेका छैनन । तथापी आ आफ्नो ढंगले काम भने गरिरहेका छन् । जसका कारण सिंगो मर्चवार विकासका दृष्टिले जुरुक्क माथी उठ्न सकेको छैन । तर पनि मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत रुपन्देही जिल्लामा मर्चवारका तीन गाउपालिका मात्रै छनौट हुनुले पनि प्रदेश सरकारको प्राथमिकतामा मर्चवार परेको देखिन्छ ।
    यसैबीच संघीय र प्रदेश सभामा प्रतिनिधित्व गर्ने ३ जना सांसदहरुले भने एकिकृत योजना सहित मर्चवारको विकासको रणनीति बनाउने योजना अगाडी सारेका छन् । संघीय सभाका सदस्य प्रमोद कुमार यादवले चालु आर्थिक बर्षमा शिक्षा र सडकलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरेका छन् । सांसद यादवले शिक्षा तर्फ बोगडी मावि बोगडी, मर्चवार आर्दश मावि मझगाव, हाजिनुतुल्ला मावि सेमरहना, मुडिला मावि करौता, कृर्षक मावि बेतकुईया, आमा मावि आमा, फातमा कलेज भगैयामा १० लाखका दरले बजेट उपलब्ध गराएका छन् । यसैगरी उनले सडक तर्फ केवटीलियादेखी अधौलिहुदैं अजमघाट सम्म ५० लाख, रमवापुरदेखी भुवरीगाउ सम्म ५० लाख , मर्चवार रायपुर सडकमा ३८ लाख, जिगनाचौंक देखी मर्चवारीथाना सम्म ३६ लाख, कचहरीयादेखी पच्चबारेसम्म ३५ लाख, गैडहवा नालादेखी खुकुरीयाघाट सम्म ३० लाख, मर्चवार मेनरोडदेखी पुर्व नौकट्टी सम्म १५ लाख, बगौलिदेखी पण्डितटोल सम्म २२ लाख बजेट व्यवस्थापन भएको छ । यसैगरी मर्चवारी माइ मन्दिर यज्ञसालाकोलागी १० लाख, एम्बुलेन्स खरिदमा १४ लाख रुपैया सहित अन्य विभिन्न आयोजनामा पनि बजेट व्यवस्थापन भएको निर्वाचन क्षेत्र नं ४ रुपन्देहीका प्रतिनिधी कमलेश उपाध्ययले बताए ।
    यसरी सांसद यादवले संसद विकास कोष मार्फत प्राप्त गर्ने बजेट विनियोजन हेर्दा उनले खासगरीकन मर्चवार क्षेत्रका सबै सडकको स्तरोन्नती गर्दै शिक्षालाइ प्राथमिकतामा राखेर योजना बनाएको देखिन्छ ।
    संघीय सांसदको विकासे रणनीतिलाइ प्रदेश सभा सदस्यहरुले पनि सघाएको देखिन्छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम मार्फत अतिरीक्त बजेट व्यवस्थापन सहित उक्त कार्यहरु भईरहेको छ ।
    संघीय र प्रदेश सांसद आवद्ध पार्टि नेपाली कांग्रेसले स्थानिय नेता कार्यकर्तालाइ मर्चवारको एकिकृत विकासमा आ आफ्नो क्षेत्रबाट अगुवाइ गर्न आग्रह समेत गरेको छ । सोही क्रममा उक्त पाटिले पालिका स्तरीय पालिकास्तरीय अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाइ तिब्रता दिएको छ । पालिका स्तरीय कार्यक्रममा संघीय सांसद प्रमोद कुमार यादव तथा प्रदेशसभा सदस्य अष्टभुजा पाठक र वसीउद्धिन खां सहितका नेताहरु सहभागी भईरहेका छन् ।
    सोही क्रममा समरीमाईमा पनि कार्यक्रम सम्पन्न भएको छ । उक्त पालिकामा भएको कार्यक्रममा सांसद यादव, प्रदेश सदस्य पाठक , कांग्रेसका नेता विनोद कुमार श्रीवास्ताव, दिवकर प्रसाद दुबे,मुकेश यादव,नेवास अलि दर्जी,शिवकुमार यादव,गया वरई, राम प्रसाद हरिजन, रामनयन बरुण लगायतले बोल्दै मर्चवारको विकासमा कांग्रेसको भूमिका प्रभावकारी र अग्रहणी बनाउने बताएका थिए ।
    मर्चवारमा यसअघि समरीमाई गाउँपालिकाले उज्जयालो अभियान शुरु गरेको थियो । सोलारबत्ती जडानसँगै उज्यालो अभियान शुरु भएको समरीमाईमा त्यसको अत्याधिक सकारात्मक प्रभाव परेको छ । गाउँपालिकाका अध्यक्ष बब्लु शुक्लाको अग्रसरतामा असुरैना, सेमरहवा, सतहवा, डिहुली र पचपेडवा गाउमा उक्त अभियान अन्र्तगत सोलार जडान गरिएको थियो ।
    पुर्व राज्यमन्त्री ओमप्रकाश यादव गुलजारीले सहकारी मार्फत किसान आन्दोलन शुरु गरेका छन् । उनले किसानहरुको जीवनस्तर उकास्न हरेक बर्ष उर्जाशील किसानहरुलाइ इजरायल पठाएर पुनः मर्चवार क्षेत्रमा फर्केर व्यवसायीक कृषी गर्न सहकारी मार्फत सस्तो दरमा क्रृण अनुदान समेत उपलब्ध गराउदैं आएका छन् ।
    भारतको नौतनवा, सुनौलीसंग सीमा जोडिएको मर्चवार क्षेत्रमा समरीमाई, मर्चवारी र कोटहीमाई गाउपालिका रहेका छन् । बत्तिमुनिको अध्यारो भनेजस्तै रुपन्देही सदरमुकाम भैरहवादेखि पश्चिम दक्षिणमा अवस्थित किसानहरुको बाहुल्यता रहेको मर्चवारमा स्थानिय तह संघ र प्रदेश सभाको चुनाब पछि बिकासले निकै गति लिएको छ । पूर्व प्रधानमन्त्री डा. के आई सिंह, पूर्व गर्भनर हरिशंकर त्रिपाठी, पुर्व प्रधानन्याधिश ओम प्रकाश मिश्र, पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला, ओम प्रकाश यादव गुलजारी जस्ता व्यक्तिहरुको क्षेत्र मर्चवार पञ्चायतकालदेखि अहिलेसम्म विकासमा फड्को मार्न सकेको छैन । तर पछिल्लो समय सबै राजनीतिक दलका प्रमुख, सांसद, पुर्व सांसदहरु, स्थानिय सरकारका प्रमुख, संघसंस्थाका प्रमुख र पुर्व विशिष्ट व्यक्तित्वहरुले आआफ्ना आस्था, बीचार, सिद्धान्तलाई केही सयम टाढा राखेर समृद्ध मर्चवारकोलागी एक भएमा सिंगो मर्चवार जुरुक्क उठ्ने देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.